इन्फो नेपाल — सञ्चारको सञ्जाल

एकै गाउँका ५० जनाले किन पाएनन् नागरिकता ?

'नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ। तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?' यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले सोमबार खनारमा आयोजना गरेको 'नागरिकता प्राप्तिमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम' मा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यस्तो प्रश्न राखिन् । रञ्जनाका दिदी बहिनीले १२ पास गरेका छन् । तर, नागरिकता नभएका कारण कहीँ कतै जागिर पाउन सकेका छैनन् । बुबा वर्षौंदेखि बेपत्ता छन् । आमाको विवाह अघिको नागरिकता छ । तर, उनीहरुले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानले आमाका नामबाट नागरिकता पाउने व्यवस्था गरे पनि कानुन बनिनसकेले आमाका नामबाट नागरिकता दिन नसकिएको बताए । कानुन बन्ने बित्तिकै नागरिकता दिन सकिने उनको भनाइ छ ।कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाणपत्र पाउन नसक्दा झेलेको दुःख सुनाए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरी चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरू पेस भएका थिए । धेरैजसोको बुबा बेपत्ता भएका वा नभएका र आमाको नामबाट नागरिकता पाउन नसकेको समस्या देखियो उनले बताइन् । भारतबाट नेपालमा विवाह गरी आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका र विभिन्न ठाउँदेखि बसाइँसराइ गरी आएका तर कागजपत्र नभएका कारण नागरिकता पाउन नसकेको पाइएको उनले जानकारी दिइन् । यस्तै आफन्तका नाममा कोही पनि थाहा पत्तो नभएका व्यक्तिहरूले पनि नागरिकता पाउन नसक्दा समस्या झेलिरहेको उनको भनाइ छ। उनीहरुले नागरिकता पाउन नसकेको गुनासो नागरिकताको सिफारिस गर्ने निकाय, वडाका अध्यक्षहरू रुपेश चौधरी र हेमानन्द दाहाल तथा नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो राखेका हुन् । प्रमुख जिल्ला अधिकारी यादवले सबैको कुरा सुनिसकेपछि नागरिकता प्राप्तिका लागि पुर्‍याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा जानकारी गराएका थिए ।कार्यक्रमकी अध्यक्ष शान्ता अधिकारीले आमाका नामबाट नागरिकता पाउने कानुन संसद्बाट चाँडै पारित हुनुपर्ने बताइन् । कार्यक्रममा वडा सचिव वालकुमार पोखरेलले वडामा सिफारिस लिन आउँदा ल्याउनुपर्ने कागजागतहरुको बारेमा जानकारी दिएका थिए। इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो।उपप्रमुख लक्ष्मी गौतमका अनुसार मंसिर २३ गते इटहरी सम्मेलन गरेर महिला हिंसा विरुद्धको १३ दिने विशेष अभियान समापन गरिने छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क