इन्फो नेपाल — सञ्चारको सञ्जाल

कुटपिट गर्दै कान टोकेर छिनाउँदा पनि जाहेरी दर्ता गर्न मान्दैन मकवानपुर प्रहरी

मकवानपुर: जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पछील्ला केही महिनाहरुमा जाहेरी दर्ता गराउनुको सट्टा मिलापत्र गराउँदै आएको छ । सोर्स, फोर्स र भनसुनका आधारमा अपराधका घटनामा पनि मकवानपुर प्रहरीले जाहेरी लिएर कानून बमोजिम कार्बाही गर्नुको सट्टा लिखित रुपमा मिलापत्र गराउने गरेको हो । बिशेषगरी कुटपिटका घटनामा प्रहरीले ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गराउनुको सट्टा लिखीत रुपमा मिलापत्र दवाब वा त्रास देखाएर पिडित पक्षलाई थप पिडा दिनेगरी मिलापत्र गराउनेगरेको हो । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट गर्दै कानै टोकेर छिानाल्दा समेत मकवानपुर प्रहरीले जाहेरी लिन नमानेको र पिडकलाइ पनि कार्बाही हुन्छ भन्दै मिलापत्र गराएको हो । जाहेरी लिएर कानून अनुसार कार्बाही गर्नुको सट्टामा लिखीत रुपमानै मिलापत्र गराइएको हो । सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिनुभयो । संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ । यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता टेकबहादुर कार्कीले आफुकहाँ जाहेरी लिएर नआएको दावि गरे । काट टोकेर छिनाइएका व्यक्तिले पनि कुटपिट गरेको र दुवै पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखीत रुपमा मिलापत्र गरेर गएको उनले बताए । गम्भिर खालका विषयमा पनि प्रहरीले मिलापत्र गराउने यो पहिलो घटना होइन । बिभीन्न समयमा मकवानपुर प्रहरीले कुटपिटका घटनामा पिडितलाई थप पिडा दिनेगरी दवाबमा मिलापत्र गराउने गरेको छ । न्यौपाने र अरु दुइजनाका विषयमा ऐलानी जग्गाको विषयमा झगडा भएको र कुटपिट गरेर कान समेत छिनाइएको हो ।/हरि हुमागाईं

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते