इन्फो नेपाल — सञ्चारको सञ्जाल

के फेसबुकमा आफ्नो फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ?

काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकका सक्रिय फेसबुक प्रयोगकर्ता झण्डै तीन अर्ब छन् । नेपालमा पनि दिनहुँ फेसबुकका प्रयोगकर्ता बढिरहेका छन् । प्रयाेगकर्ता बढिरहँदा कतिपयलाई आफ्नो गोपनीयता जोगाउने चिन्ता छ ।यद्यपि प्रयोगकर्ताका लागि आफ्नो इच्छाअनुसार प्राइभेसी सेटिङका विकल्प यहाँ नभएका हाेइनन् । यसैबीच धेरै प्रयाेगकर्ताले साेधिरहने एउटा प्रश्न हाे, के फेसबुकमा पाेस्ट भएका फोटो अरुले सेभ गर्न नसक्ने बनाउन मिल्छ ? यस्ताे प्रश्न साेध्ने प्रयाेगकर्ताका लागि फेसबुकले दिने उत्तर हाे, ‘मिल्दैन’ ।वास्तवमा तपाईंले फेसबुकमा आफ्नो फोटो पब्लिक वा अरूले देख्ने गरी पाेस्ट गर्नुभएकाे छ भने जाेसुकैले फोटो सेभ, स्क्रिनशट वा डाउनलोड गर्न सक्छन् ।हालकाे प्रोफाइल र कभर फोटो ‘वन्ली मी’ अप्सनमा राख्दासमेत अन्यले स्किनशट लिएर फाेटाे सेभ गर्न सक्छन् । तर फेसबुकमा अन्य फाेटाे कसैले सेभ नगरोस् भन्ने चाहना छ भने तपाईंसँग एउटै विकल्प हो ‘वन्ली मी’ । याे विकल्प प्रयाेग गर्दा आफ्ना नजिकका साथीले समेत तपाईंकाे फाेटाे हेर्न पाउँदैनन् ।निश्चित साथीले मात्रै फाेटाे हेर्न सकाेस् भन्नका लागि आफ्नो फेसबुक प्रोफाइलमा गएर फाेटाे वा एल्बमकाे दायाँतर्फ रहेकाे थ्री डट (…) आइकनभित्र ‘एडिट प्राइभेसी’ वा ‘एडिट पाेस्ट अडियन्स’ फिचर प्रयाेग गर्न सक्नुहुन्छ । याे फिचर प्रयाेग गरेर तपाईं कम्तिमा फेसबुकमा साथी नभएका व्यक्तिहरुबाट जाेगिन भने सक्नुहुन्छ ।फाेटाे पब्लिक गर्न चाहनुभएकाे छैन भने याे फिचर प्रयाेग गरी आफ्ना फेसबुक साथीका लागि मात्रै, निश्चित व्यक्तिबाहेक अन्य सबै साथीका लागि वा निश्चित साथीहरूका लागि मात्र फाेटाे भिजिबल गर्न सक्नुहुन्छ । अर्काेतिर अहिले प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित राख्ने लक्ष्यसहित फेसबुकले ‘प्रोफाइल लक’ गर्ने व्यवस्था गरेको छ । प्रोफाइल लक गरेपछि फेसबुकमा साथी नभएका व्यक्तिहरूले कुनैपनि गतिविधि हेर्न मिल्दैन । यसले गर्दा व्यक्तिको गोपनीयता सुरक्षित रहन्छ ।तर याे सुविधा सबै देशमा भने उपलब्ध छैन ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता