इन्फो नेपाल — सञ्चारको सञ्जाल

खाँदबारी बजारको एक घरमा लक्ष्मी पुजाको लागी बालेको दियोबाट एक घर नष्ट

संखुवासभा / संखुवासभा सदरमुकाम खाँदबारी बजारमा आइतबार मध्यराति एक घरमा आगलागी भएको छ । खाँदबारी नगरपालिका- १ नेपाली सेनाको गुल्मभन्दा तलपट्टिको घरमा आगलागी भएको हो। लीला राईको घरमा आगलागी भएपछि राईको घर ध्वस्त भएको छ। प्रहरी, सेना र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर ध्वस्त भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी संखुवासभाले जानकारी दिए । घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेका छन् भने नगद ३१ हजार रुपैयाँ पनि जलेको घर राईले बताएका छन् । लक्ष्मी पुजाको लागी बालेको दियोबाट आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ । राती करिव ११ः४६ बजे सुतिरहेको अवस्थामा पुजा गरेको कोठाबाट आगो लाग्न सुरु हो । राईको काठ र टिनबाट बनाईएको एक तले घर थियो । पुजा कोठा बाहेकको अर्कै कोठामा सुतेकोले आगो धेरै सल्किए पछि मात्र थाहा पाएको कारण कुनै पनि सामान निकाल्न नसकिएको परिवार श्रोतले जनाएको छ । राईको काठ र टिनबाट बनाईएको एक तले घर थियो । पुजा कोठा बाहेकको अर्कै कोठामा सुतेकोले आगो धेरै सल्किए पछि मात्र थाहा पाएको कारण कुनै पनि सामान निकाल्न नसकिएको परिवार श्रोतले जनाएको छ । घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्‍याएको जानकारी छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क