इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँमै आँखाको निःशुल्क उपचार पाएपछि स्थानीय हर्षित

धनगढीमाई - लामो समयदेखि आर्थिक कारणले आँखाको उपचार गर्न नसकेका धनगढीमाई नगरपालिकाका स्थानीयहरु गाउँमै निःशुल्क आँखाको उपचार पाउँदा हर्षित भएका छन् । धनगढीमाई नगरपालिका र तिलगंगा आँखा अस्पताल, काठमाडौँको सहकार्यमा लामो समयदेखि आर्थिक कारणले आँखा उपचार गर्न नसकेका स्थानीयहरुले पालिकामै निःशुल्क उपचार पाएपछि खुशी व्यक्त गरेका छन् । धनगढीमाई नगरपालिकाले तिलगंगा आँखा अस्पताल, काठमाडौँसँगको सहकार्यमा गत १० दिनदेखि पालिकाका प्रत्येक वडामा मोतिया बिन्दु भएका बिरामीका लागि शिविर सञ्चालन गरेपछि स्थानीय खुशी भएका हुन् । मोतिया बिन्दुको शल्यक्रियापछि दृष्टिमा सुधार आएको र ज्योती फर्केकोमा वडा नं ५ का ७३ वर्षीय बुद्धिलाल महतो खुशी व्यक्त गरे। साथै, ८० वर्षीया जलेश्वरी देवी कामतीले पनि उपचारपछि आफ्नो दृष्टिमा सुधार आएको र पालिकाले राम्रो काम गरेको बताइन् । वडा नं. १० का ५७ वर्षीय लोकबहादुर मगरले पनि ३ वर्षअघिदेखिको मोतिया बिन्दु समस्याको निःशुल्क शल्यक्रिया गरिएकोमा खुशी व्यक्त गरे। एक साताभन्दा लामो समय चलेको शिविरमा ५२४ जनाको निःशुल्क आँखा शल्यक्रिया गरिएको जानकारी दिइएको छ। यसका लागि तिलगंगा आँखा अस्पतालबाट ४ चिकित्सकसहित २६ सदस्यीय टोली र नगरपालिकाका प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। नगरको आफ्नै अस्पताल भए पनि शल्यक्रियाका लागि आवश्यक ठाउँ नभएकाले प्रशासनिक भवनमा उपकरण जडान गरी शिविर सञ्चालन गरिएको जानकारी दिइएको छ। तिलगंगा आँखा अस्पतालका अनुसार यस वर्ष २४ हजार मोतिया बिन्दुको शल्यक्रिया गर्ने लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क