इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाउँ घरमा देखिन छाडे‌ खैंजडी लोक भजन र बालन नाच

गाउँ घरमा पुजा पाठ होस् या त पुराण, वर्तमन सबै अबसरमा खैंजडी भजन गाउने चलन थियो तर अहिले यस्ता अबसरमा बिरलै खैंजडी भजन र बालन नाच नाचेको देख्ने गर्छैँ। खैंजडी भजनको ठाउँ भिभिन्न आधुनिक र प्यारोडी भजनले लिएका छन्। आजका युवा जमात पनि आफ्नो मैलिकता बोकेको भजनमा भन्दा प्यारोडी भजन मै रमाएको देखिन्छन्। धेरै जसो युवा र बालबालिकाहरुलाई त खैंजडी भजन र बालन नाचको बारेमा जानकारी समेत नभएको पनि हुन सक्छ। खैंजडी भजन विशेषगरी काठमाडौँ उपत्यका वरपर साथै पूर्वी र पश्चिमी पहाडका क्षेत्री-ब्राहृमण समुदायहरुमा गाउने चलन छ। प्रायः क्षेत्री ब्राहृमण समुदायका व्यक्तिहरू नै खैंजडी भजन गाउन र बालन नाचमा सहभागी हुने भए पनि दर्शक र श्रोताको रूपमा सबै जातजातिले मनोरञ्जन लिने गर्दछन्। खैंजडी भजनहरू विशेषगरी श्रीमद्भागवत महा पुराणलाई आधार मानेर सिर्जना गरिएको पाइन्छ। यसैगरी भजनहरू देवीभागवत, शिवपुराण, रामायण, महाभारत, श्रीस्वस्थानी व्रतकथा लगायतका विभिन्न सनातन धर्मका कथामा समेत आधारित हुन्छन्। यी ग्रन्थहरूबाट कुनै एक देवीदेवता वा अन्य कुनै पात्रलाई उठाएर टुक्रा झिकी त्यस टुक्रालाई लम्ब्याउँदै भजन गाउने गरिन्छ। खैंजडी भजन गाउँदा विशेष वाजा खैंजडी बजाउदै बालन नाच नाचिन्छ। नृत्य गर्नेहरू एउटा खुट्टा उचालेर जोडीजोडी भई पालैपालो नाच्छन्। चुड्का भजनमा भजन गाउने बाजा बजाउने र नृत्य गर्ने मात्र होइन दर्शकहरू समेत जोसिएका हुन्छन्। यसरी नै भजन अगाडि बढेको पाउन सकिन्छ। यस प्रकारको भजन गाउँदा कम्तीमा पनि आठ-नौ जनाको टोली गोलाकार भई बसेर एक जनाले भट्याउने केहीले खैंजडी लिने गर्दछन्। भट्याउने व्यक्ति बीचमा बसेर गाउने गरिन्छ र उसले नारायण भन्दै छोडेका पङ्क्तिलाई हरि हरि भन्दै टिपेर खैंजडीको तालसँगै नृत्य गर्न थाल्छन्। आज भोलि गाउँ घरमा बिरलै देखिने खैंजडी भजन र बालन नाच नेपालको मैलिक लोक संस्कृतिक परम्परा हो। युवा वर्गमा पस्चिमा संस्कृतिको प्रभावले यो मैलिक संस्कृति प्रति चासो र रुचि कम भएका कारण लोप हुने अवस्थामा पुगेको छ। खैंजडी भजन र बालन नाच जस्ता धेरै लोक संस्कृति र परम्पराहरू अहिले नेपालबाट लोप हुने अवस्थामा पुगेका छन्। यस्ता मैलिकता र आफ्नो संस्कृति बोकेका लोक संस्कृति र नाचलाई आजका युवाले अपनत्व र संरक्षण नगर्ने हो भने भोलिको पुस्ताले सिक्न र जान्न पनि नसक्ने अवस्था आउन सक्छ। त्यसैले मैलिक लोक संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्व हो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क