इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरकाे ढाेका फुटाएर एक करोड बढीका सामान चाेरी गर्ने दुई युवक पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१७ घारिपाटनमा घरको ढोका फुटाएर सुनका गहनासहित एक करोड बढी मूल्यका सामान चोरी गर्ने दुई पक्राउ परेका छन् ।

चोरीको आरोपमा पोखरा महानगरपालिका–२२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर सोमबार पक्राउ परेका हुन् । उनीहरूले लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको कोठाको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामान चोरी गरेका थिए ।

त्यस्तै नगद ३ लाख ८० हजार गरेर एक करोड बढीका सरसामान चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट २४ तोलाका सुनका गहना, २२ वटा मोबाइल, ९ वटा क्यामेरा, १५ वटा ल्यापटप, ११ वटा घडी, दुई वटा ड्रोन, दुई वटा वाकीटकीलगायत समान बरामद भएको छ । उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क