इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुनावी खर्च उठाउन सबै एकजुट भए - चित्रबहादुरको केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरु चुनावी खर्च जुटाउन सबै एकजुट भएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेपछि अध्यक्ष केसीले सो आरोप लगाएका हुन् । आज (मंगलबार) संसद्मा सम्बोधन गर्दै उनले चुनावमा बोरामा लगेर खर्च गरेको पैसा सत्तामा गएर दुरुपयोग गरेर उठाउने नीति दलहरूले लिएको गम्भीर आरोप लगाए । उनले संसदीय व्यवस्थामा प्रतिपक्ष हुनुपर्ने बताए । उनले भने, ‘मैले बुझेको संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ । आज त विचित्र भयो । सबैले सरकारलाई समर्थन गर्ने भनेपछि यहाँभन्दा हाइसञ्चो सत्तापक्षलाई के होला ? यो कुन किसिमको समर्थन हो मैले बुझ्न सकेको छैन ।’ प्रतिपक्षले पनि समर्थन गरेपछि संसदमा सत्तापक्षको स्वर ठूलो भएको नेता केसीले टिप्पणी गरे । उनले भने, ‘संविधानमा व्यवस्था नै नभएको संसद विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक हक अधिकारी हो भन्दा मलाई अप्ठ्यारो पर्‍यो । मैले बुझेको संसदमा बलियो प्रतिपक्ष हुन्छ । त्यसो नभएर सरकार निरंकुश हुन्छ ।’ सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने र त्यहीमाथि लडेर एउटालाई पन्छाएर अर्को सरकारमा आउने खेल चलिरहेको पनि उनको भनाइ थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क