इन्फो नेपाल — सञ्चारको सञ्जाल

टीकाको शुभ साइत कुन देशमा कति बजे ?

हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडा दसैँ आउन अब केही दिन मात्र बाँकी रहेको छ । विशेषगरी यस चाडको दशौँ दिनलाई महत्वपूर्ण मानिन्छ । किनभने दशौँ दिनमा मान्यजनहरूबाट टीका ग्रहण गरेर आशीर्वाद लिने गरिन्छ । धार्मिक तथा सांस्कृतिक महत्वको चाड दसैँको टीका चाहिँ कुन साइतमा ग्रहण गर्ने ? यसबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्तिमार्फत् विभिन्न देशमा विजया दशमीको टीका ग्रहण गर्ने शुभ साइतबारे जानकारी दिएको छ । समितिका अनुसार नेपालमा टीका ग्रहण गर्ने उत्तम साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस्तै, भारतको दिल्लीमा २४ अक्टोबरका दिन १०ः५५, २३ अक्टोबरका दिन अमेरिकाको न्यूयोर्कमा १०ः४७, केन्टुकीमा ११ः३१, टेक्सासमा ११ः०३, वासिङ्टनमा १०ः५३ र क्यालिफोर्नियामा १०ः३१ बजे टीका ग्रहण गर्ने शुभ साइत रहेको छ । यसैगरी टोरोन्टो, क्यानडामा २३ अक्टोबरकै दिन ११ः१७ मा टीका ग्रहण गर्दा राम्रो हुने मानिएको छ भने भ्यानकुभरमा टीकाको साइत ११ः३५मा रहेको छ । यता, २४ अक्टोबरका दिन जापानको टोकियोमा १०ः४५, अष्ट्रेलियाको सिड्नीमा ११ः१५, मेलबर्नमा ११ः३५, ब्रिसबेनमा १०ः२५, क्यानवेरामा ११ः२१ टीका थाप्ने उत्कृष्ट साइत रहेको छ भने न्यूजिल्याण्डमा सोही दिन ११ः२१, पोर्चुगलमा ११ः२३, बेलायतमा ११ः३१, फ्रान्समा ११ः२५, नर्वेमा ११ः३५, मलेसियामा ११ः१५, यूएईमा ११ः०५, कतारमा ९ः५९, थाइल्याण्डमा १०ः३९, दक्षिण कोरियामा ११ः३१, इजरायलमा ९ः२५, सिङ्गापुरमा ११ः०५, हङ्कङमा ११ः०१, साउदी अरबमा ९ः११, म्यानमारमा १०ः३१ र स्वीट्जरल्याण्डमा ११ः५५मा विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते