इन्फो नेपाल — सञ्चारको सञ्जाल

टुकुचामा अर्बाैंको चलखेल

काठमाडौं । टुकुचा खोला उत्खनन अभियान रोकिँदा केही व्यापारीको अरबौं जोगिएको छ । काठमाडौंका मेयर बालेन साहले टुकुचा उत्खनन् थालेपछि केही व्यापारीको सात्तो गएको थियो । अन्ततः उनीहरूले अदालतदेखि पुरातत्व विभागसम्म चलखेल गरेर उत्खनन अभियान रोक्न सफल भएका छन् । खोला उत्खनन् गर्न सबैभन्दा ठूलो क्षति व्यापारी सोम लालचनलाई हुनेथियो । कमलादीमा उनको दुई वटा ठूला भवन भत्कने अवस्थामा थिए । लालचन प्लाजा र सिद्धार्थ बैैंक रहेको भवन उनको हो । दुवै भवनमुनी टुकुवा खोला बगेको छ । दुई वटा भवन करिब ४० आना जग्गामा बनेको छ । दुई वटा घरको मुल्य एक अर्ब भन्दा धेरै रहेको छ । यदि, बालेनको उत्खनन अभियान जारी रहेको भए मासिक करिब एक करोड भाडा आउने दुई घर भत्काउनुपर्ने अवस्था थियो । तर, उनीलगायत केही व्यापारी मिलेर अभियान असफल बनाएका छन् । विगतमा सुन तस्करीमा मुछिएका व्यापारी लालचनले त्यही पैसाबाट सो घरजग्गा पनि खरिद गरेका थिए । उनको सम्पत्तिको स्रोतबारे व्यापारीहरूले नै प्रश्न उठाउँदै आएका छन् । पछिल्लो समय उनी बाँसबारीमा पाँच तारे होटल बनाउने प्रक्रियामा छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क