इन्फो नेपाल — सञ्चारको सञ्जाल

दसैं टिकट बुकिङ खुल्यो, देशभर रुट पर्मिट नचाहिने

काठमाडौं । हरेक वर्षझैं बडा पर्व दसैं लक्षित अग्रिम बस टिकट खुला गरिएको छ । नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा टिकट काट्न शनिबारबाटै सेवाग्राहीको भिड लाग्न थालेको छ । विगतका दसैंमा ६ लाखभन्दा बढी यात्रु बाहिरिने गरेका थिए । कोभिडका कारण गत दुई वर्ष दसैंमा घर जाने यात्रु संख्या घटेको थियो । यसपटक भने बढीभन्दा बढी यात्रु बाहिरिने आ“कलन यातायात व्यवसायी गरेका छन् । सडक विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरीलगायत सरोकारवालाको संयुक्त बैठकले १ असोज शनिबारबाट अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजय स्वाँरले टिकट खुला गरिएसँगै यात्रु चाप बढेको र नयाँ बसपार्कमा अन्य ठाउँभन्दा बढी भिड देखिएको जानकारी दिए । यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न यात्रुलाई अनुरोध गरेको छ । ‘जो कोहीसँग टिकट काट्दा ठगिने सम्भावना रहेको’ भन्दै उसले ‘परिचयपत्रवाहक कर्मचारीसँग मात्र टिकट काट्न’ आग्रह गरेको हो । महासंघ अध्यक्ष स्वाँरका अनुसार दसैंका बेला यात्रु ठगिने अवस्था मध्यनजर राख्दै चाप हुने स्थानमा टिकट स्टल व्यवस्था गरिएको छ । अग्रिम टिकट बुकिङ खुला भए पनि यातायात व्यवसायीले भने ‘सडकको अवस्था खराब रहेको’ भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘त्यस्तो बाटोमा पु-याउन नसकिने र बस निर्धारित समयमै फर्किन नसक्दा यात्रु अलपत्र पर्नसक्ने’ भन्दै उनीहरूले ‘बाटो मर्मत सम्भारमा ध्यान दिन’ सरकारसँग आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसँग आज आइतबार भेटेरै ‘सडकको अवस्था खराब भएकाले यथाशीघ्र मर्मत’का लागि आग्रह गर्ने तयारीमा व्यवसायी छन् । सार्वजनिक सवारीसाधनका लागि देशभर दसैं लक्षित ‘रुट पर्मिट’ खुला गरिने भएको छ । चाडपर्वमा यात्रु चाप हुने स्थानमा सवारीसाधन व्यवस्थापन सहज गराउन यातायात व्यवस्था विभागले ‘रुट पर्मिट’ खुला गर्ने निर्णय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच केही दिनअघि बसेको बैठकले यस्तो निर्णय गरेको थियो । घटस्थापनाका दिन अर्थात् १० असोजदेखि पूर्णिमा अर्थात् २३ असोजसम्म सार्वजनिक सवारीसाधन देशभर सञ्चालनका लागि ‘रुट पर्मिट’ आवश्यक पर्नेछैन । यद्यपि, कुनै विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत् रहनेछ । त्यस्तै, १५ देखि २२ असोजसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । कोभिड–१९ जोखिम यथावत् रहेकाले दसैंका यात्रुलाई व्यवसायीले मास्क अनिवार्य प्रयोग गराउनुपर्ने देखिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क