इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनकुटाको साँगुरीगढी स्थित ध्वजे डाँडामा २२ वटा देशका झण्डा राखियो

सुनसरी / पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । साँगुरीगढी गाउँपालिका- ५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न झन्डै २० फिट उचाइमा झन्डा राख्न नेपाल पर्यटन बोर्डको पाँच लाख, साँगुरीगढी गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागिताको ३५ हजार छ सय चार रुपैयाँ लागत राखिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकालाई कोशी प्रदेश सरकारले प्रदेशकै प्रमुख पर्यटकीय पालिका घोषणा गरिसकेको छ । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेषगरी आन्तरिक बाह्य पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न देशको झन्डा फहराइएको साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन् । गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जीतेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । सूर्योदय हेर्न र घरबास सेवा होमस्टेका लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क