इन्फो नेपाल — सञ्चारको सञ्जाल

धनुषामा आफ्नै काकाले रडले हिर्काउँदा ४ वर्षीय बालकको मृत्यु

काठमाडौं / धनुषाको महेन्द्रनगरमा फलामको रड प्रहारबाट ४ वर्षीय बालकको ह´त्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर - ५ महेन्द्रनगरमा आज दिउँसो ३ बजे २८ वर्षीय रवि पासवानले रडले हिर्काउँदा उनकै भतिजा ४ वर्षीय अनुप पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको । रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ । बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । हत्याको कारण भने खुल्न नसकेकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सो…

इन्फो डेस्क

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना: एक वृद्धाको मृत्यु, दुई घाइते

राैतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ​आज बिहान करिब १…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

काठमाडाैँ। नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएसँगै एमाले सरकारबाट अलग भएको हो। ​एमाले संसदीय दलको निर्देशनअ…

इन्फो डेस्क