इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश सभा बैठक असार १६ सम्म स्थगित

हेटौँडा । बागमती प्रदेश सभाको आज बिहान ११ बजेका लागि तय भएको बैठक 'विशेष कारण' भन्दै असार १६ गतेसम्मका लागि स्थगित भएको छ। यद्यपि संसद सचिवालयले बैठक स्थगनको कारण औपचारिक रूपमा खुलाएको छैन । स्रोतका अनुसार बैठक रोकिएको मूल कारण बजेटमा उत्पन्न असहमति र सत्तापक्षभित्रै देखिएको आन्तरिक असन्तोष हो।

बुधबार साँझ बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले बजेटप्रति गम्भीर असन्तुष्टि जनाएका थिए। मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि आफ्ना जिल्लालाई बेवास्ता गर्दै बजेट केही निश्चित क्षेत्रमा मात्र केन्द्रित गरिएको आरोप लगाइएको थियो।

बैठकमा सहभागी कांग्रेस सांसदहरूले बजेट निर्माणमा बिचौलिया हावी भएको र उनीहरूको स्वार्थ अनुसार योजना छनोट गरिएको भन्दै चर्को आलोचना गरेका छन्। सरकारले ल्याएको बजेटप्रति प्रश्न उठाउने सत्तारुढ दलभित्रकै सांसदहरूको विरोध खुला रूपमा चुलिन थालेपछि आजको बैठक स्थगन गरिएको हो।

त्यसैगरी, पूर्वी नवलपरासीको कावासोती क्षेत्रलाई बागमती प्रदेशको बजेटमार्फत पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको विषयमा पनि सांसदहरूले प्रश्न उठाएका छन्। 'बजेटको रातो किताब'मा कावासोती नगरपालिका–२ को शिव मावि परिसर र आसपासको क्षेत्रलाई लक्षित गरी पूर्वाधार निर्माणको योजना समावेश गरिएको छ, जुन भूगोल बागमती प्रदेश बाहिर पर्छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क