इन्फो नेपाल — सञ्चारको सञ्जाल

बैंकका कर्मचारी चढेको माइक्रो बस दुर्घटना हुदा १८ जना घाइते

धादिङ : नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ भोर्लेमा सोमबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रोबस सडकबाट ३० मिटर तल खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डिएसपी रविन विष्टका अनुसार बाँसको झ्याङमा अड्केका कारण माइक्रो त्रिशुली नदीमा पुग्नबाट जोगिएको हो। बसमा मुक्तिनाथ विकास बैंकका कर्मचारी चढेर धादिङतर्फ आउँदै थिए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। सातजनाको अवस्था मध्यम र अरूको सामान्य रहेको छ। घाइतेहरूको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस आंफै अनियन्त्रित भएर सडकबाट खसेको डिएसपी विष्टले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क