इन्फो नेपाल — सञ्चारको सञ्जाल

बैंकको ब्याजदर उच्च भएको भन्दै व्यवसायी धर्नामा

मकवानपुर: बैंकको व्याजदर उच्च भएको भन्दै आन्दोलनरत व्यवसायीले बिहीबार बैंकमा धर्ना दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा बिहीबार हेटौंडाका बैंकहरुमा व्यवसायीले धर्ना दिएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघले ७ दिन विरोध प्रदर्शन कार्यक्रम नै तय गरेको छ । विरोध प्रदर्शनको पहिलो दिन आइतबार पल्पसा सदनमा भेला भएर कालो व्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र बुझाएका थिए । दोस्रो दिन बुधबार दिउँसो १ बजे बुद्धचोकमा बागमती प्रदेशस्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानरसहितको शान्तिपूर्ण धर्नाको आयोजना गरिएको थियो । कार्यक्रममा बैंकिङ व्याजदर १ अंकमा कायम गर्नुपर्ने माग गरिएको थियो । चौथो भोलि शुक्रबार बैंकहरुमा विहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना दिनेछन् । पाँचौ दिन आउँदो आइतबार बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने निर्णय गरेका व्यवसायीले छैठौँ दिन फागुन ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते