इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको टेम्केमैयुङ गाउँपालिका कोटमा फुसको छानोमुक्त क्षेत्र

सुनसरी : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त क्षेत्र बनेको छ । वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरुपता ल्याउनका लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो ।वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त क्षेत्र बनेको हो । वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ गरी १०८ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको कार्यालयले जनाएको छ ।सुरुमा वडा कार्यालयले आफैँ बजेट विनियोजन गरेर कार्यक्रम थालेको भए पनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उहाँको भनाइ छ । वडाध्यक्ष नेपालले भन्नुभयो, जनतालाई निर्वाचनको बेला दिएको वचनअनुसार वडाले रु २० लाख विनियोजन गरेर ४३ घरलाई जस्तापाताको छानो दिएका छौँ । पुनः सहरी विकास कार्यालयबाट थप ६५ गरी यहाँका १०८ घर विपन्नको फुसको छानो हटाउन सफल भयौँ ।वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्ध रुपमा काम गरिरहेको जनाइएको छ । वडाको सबै ठाउँमा विद्युत् विस्तार भएको छ, धेरै कृषकलाई अनुदानको व्यवस्था गरेको छौँ । वडाको सबै घरमा केन्द्रीय विद्युत् प्रसारणलाइन विस्तार भएको वडा कार्यालयले जनाएको छ । साबिकमा एक मात्र वडा रहेकामा देश सङ्घीय संरचनामा गएसँगै यस ठाउँलाई दुई वडामा विभाजन गरिएको हो ।भौगोलिक विकटताका कारण विद्युत् विस्तारका लागि एक परिवारका लागि रु पाँच लाखसम्म खर्च भएको उहाँको भनाइ छ । वडाका सबै घरमा विद्युत् विस्तार भए पनि नियमित विद्युत् नआउँदा स्थानीयवासीले समस्या भोग्नु परेको उहाँको भनाइ छ । हामीले वडामा विद्युत् विस्तार गर्न सफल भएका छौँ । विद्युत् विस्तारपछि यो ठाउँ प्रविधिमैत्री भएको छ । वडावासीले विद्युत् गृह सञ्चालनमा ल्याउन सहयोग गरेका छन्,” उहाँले भन्नुभयो,`` तर ती विद्युत् गृहबाट उत्पादन भएको विद्युत् हाम्रा जनताले किन उपभोग गर्न नपाउने ? यसका लागि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ ।´´ हालसम्म वडा नं ६ कोट, वडा नं ४ नागी र वडा नं ३ अन्नपूर्ण पूर्णरुपमा फुसको छानोमुक्त भएका छन् भने वडा नं ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । समाचार जानकारी दिनु हुने दिपेन्द्र लुइँटेल हुनुहुन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क