इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको टेम्केमैयुङमा चट्याङले १४ घर क्षतिग्रस्त

भोजपुर। वर्षासँगै परेको चट्याङले भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ चोलन्तीमा १४ घरमा क्षति पुर्याएको छ। गएरातिको चट्याङबाट वडाका स्थानीय याम बहादुर राई, राजकुमार राई, बेनी बहादुर विष्ट, कुमारी विष्ट लगायत १० घर क्षतिग्रस्त भएको छ । वडा अध्यक्ष सुनिल राईका अनुसार चट्याङले घरको गारो, ढोका, थाम, मोबाइल, वायरिङ र विद्युत मिटरबक्सलाई क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले चार घरमा करिब एक लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। प्रहरी सूचना अधिकारी दल बहादुर राईका अनुसार याम बहादुरको ३० हजार, राजकुमारको ४५ हजार, बेनीको १५ हजार र कुमारीको २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । भौतिक संरचनामा नोक्सान भए पनि मानवीय तथा पशुचौपायाको क्षति भएको छैन । प्रकोप नियन्त्रणका लागि प्रहरी र स्थानीय प्रशासन संलग्न छन्। घटनास्थलको निरीक्षण गरिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क