इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा सुरु हुँदैछ ऐतिहासिक सांस्कृतिक तथा कृषि मेला

कोशी | माघ १ देखि ५ गतेसम्म भोजपुरको चखेवा टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने भएको छ।

पर्यटन प्रवर्द्धन, स्थानीय कृषि उत्पादनको प्रोत्साहन, र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस मेलाको उद्घाटन पर्यटनमन्त्री बद्री पाण्डेले गर्ने कार्याक्रम तय भएको आयोजकले जनाएको छ । सोही अवसरमा "मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५" को औपचारिक उद्घाटनसमेत गरिने छ।

मेलाको पहिलो दिन टेम्के डाँडामा धार्मिक स्थल भ्रमण र अवधारणापत्र प्रस्तुतिको कार्यक्रम राखिएको छ। माघ २ गते चण्डी नाच (साकेला नृत्य) प्रदर्शन हुनेछ। माघ ३ गते पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबीच विशेष पर्यटन बहस कार्यक्रमको आयोजना हुनेछ। माघ ४ गते धनुषवाण प्रतियोगिता र राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुनेछ। यस दिन मनोज गजुरेल, भीषण मुकारूङ, र अन्य कलाकारहरूले विशेष प्रस्तुति दिनेछन्। माघ ५ गते समापन कार्यक्रममा गायक शिव परियारको प्रस्तुति रहनेछ।

गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार मेलाको क्रममा अग्रज कलाकार, साहित्यकार, र गाउँपालिकाका योगदानकर्ताहरूलाई सम्मान गरिनेछ। उपाध्यक्ष रमा देवी राईले मेला स्थानीय कृषि उत्पादन प्रवर्द्धन र मुन्धुम ट्रेललाई विश्वभर चिनाउने एउटा महत्वपूर्ण अवसर हुने बताईन ।

गाउँपालिकाले भ्रमण वर्ष र मेलाको माध्यमबाट एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। भोजपुर, खोटाङ, र संखुवासभाको सिमानामा रहेको मुन्धुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सन् २०२५ लाई "मुन्धुम ट्रेल भ्रमण वर्ष" घोषणा गरिएको हो।

मुन्धुम ट्रेल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, र पैदलयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा चर्चित छ। यस पदमार्गबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से लगायतका हिमशृंखला हेर्न सकिन्छ। २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा समावेश यो पदमार्गले धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक मेलाहरूको समेत महत्व बोकेको छ।

मुन्धुम ट्रेलको सुरूवात बिन्दु तावाभञ्ज्याङ्ग हो, जसले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लालाई जोड्ने पदमार्गको रूपमा सेवा पुर्‍याउँदै आएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क