इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरे खुकुरी पाउन छुड्यो, सङ्कटमा

सुनसरी : प्रदेश नम्बर १ को भोजपुर जिल्ला पनि वातावरण , पर्यटनले भरिपुर्ण जिल्ला हो । अहिले आएर भोजपुरको विभिन्न ठाउँ विजुलि बत्ती पुगेर मानिसमा उज्यालो थपिएको छ । खोला नाला , झरनाले भरिपुर्ण रहेको छ। मठ मन्दिर , पर्यटन क्षेत्र , धार्मिक स्थल यहाका मुल्य पर्यटन क्षेत्र र रूचि क्षेत्र हो । स्वदेश तथा विदेशीमा पहिचान नै बनाएको भोजपुरे खुकुरीको लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो ।भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिर र काहिँ कहिँ जिल्लाका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायिहरू बताउछन् । भोजपुरे, सिरूपाते , चित्लाङले कोथीमोडा लगायत खुकुरी बनाउने गरिएकामा यश पेशालाई अपहेलनाको रूपमा हेरिने गरिएका कारण सङ्कटमा परेको स्थानीयको गुनासो छ।यस्ता खुकरी विश्व बजारमा समेत प्रख्यात रहेको छ । यी खुकुरीको माग धेरै हुने गरेको स्थानीयले भन्छन् । विगतका वर्षमा धेरै कालिगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्नेको सङ्ख्या न्यून हुँदैगएको स्थानीयको गुनासो छ ।मानिसको बढी मेहनत गर्नुपर्नाका साथै व्यवसाका लागि आवश्यक कच्चापदार्थ अभाव र नयाँ पुस्तामा यसप्रति मोह नभएकाले यो पेशा सङ्कटमा पर्दै गएको कालिगढ हर्कबहादुर विश्वकर्मा बताउँछन् ।यश काममा धेरै दुःख हुन्छ , अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने उपकरण खरिदमा केही सहयोग गरिदिए राहत मिल्ने थियो । अहिलेसम्म राज्यले हामीलाई प्रोत्साहन गरेजस्तो लाग्दैन भन्ने स्थानीयको गुनासो रहेको छ । परम्परागत काम हराउँदै गएको छ भन्ने स्थानीयको गुनासो रहेको छ ।खुकुरी बनाउने युवा पनि नेपालमा छैन , सबै खाडी मुलुक तिर छन् । नेपाल रोजगार छैन भन्दै खाडी मुलुक जाने गरेको छ ।जुन काम गरे पनि रोजगार नेपालमा नै छ । राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा यस्ता व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालकको भनाइ छ । यस पेशालाई बचाइ राख्न तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको खुकुरी व्यवसायी बताउँछन् । पेशालाई जोगाइ राख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क