इन्फो नेपाल — सञ्चारको सञ्जाल

यी हुन धन कमाउने धार्मिक मान्यता

हिन्दु धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । त्यसैले प्राय हिन्दु धर्मालम्बी र आस्थावान्हरु माता लक्ष्मीलाई प्रसन्न राख्ने कोशिसमा हुन्छन् । माता लक्ष्मी प्रसन्न भए कृपा र आशीर्वादमा धन सम्पती पाउने धार्मिक विश्वास छ । यस्तोमा माता लक्ष्मीको कृपा पाउन आफुबाट जानअन्जानमा हुने ५ गल्ती बारे सजग हुनु पर्दछ । १. अबेरसम्म नसुत्ने बिहान अबेरसम्म सुत्ने वा सूर्यास्तको गोधूलि बेलामा सुत्नेहरुसंग माता लक्ष्मी प्रसन्न नहुने भएकाले उनीहरुमा लक्ष्मीको कृपा नहुने धार्मिक विश्वास छ । गोधुली बेलामा पूजापाठ गर्ने समयमा माता लक्ष्मीको घर आगमनको समय मानिने भएकाले यो समयमा सुत्नु राम्रो मानिदैन । साथै वेद र पुराणमा समेत सूर्योदय भन्दा पहिल्यै जाग्नु सर्वश्रेष्ठ हुने उल्लेख छ । २. रातको समयमा नङ काट्नु व्यस्त दिनचर्या वा अन्जानकै कारणले भए पनि रातमा नङ काट्नु अशुभ मानिन्छ । रातमा नङ काट्नेसंग माता लक्ष्मी प्रसन्न नहुने र धनको समस्या हुने धार्मिक मान्यता छ । ३. खाना खादाँ बिचमै उठ्ने शास्त्र अनुसार खाना खादाँ बीचमै उठ्नु हुदैँन । अन्यथा देवी अन्नपूर्णाको अपमान हुने र देवी अन्नपूर्णा माता लक्ष्मीकै रुप भएकाले खाना खादाखादै बीचमै उठ्नेसंग माता रुष्ट हुने भएकाले घरमा सम्पन्नता नआउने धार्मिक विश्वास छ । ४. साँझमा नुन दिने साँझमा नुन सापटी वा उधोरोमा दिनु अशुभ मानिन्छ । सकेसम्म साँझमा कसैलाई नुन दिनु नै हुदैँन । अन्यथा घरको सम्पन्नता बाहिरीने र जीवनमा धनको अभाव हुने साथै माता लक्ष्मी रुष्ट हुने धार्मिक विश्वास छ । ५. रातमा जुठा भाडा राख्नु रातमा सुत्नु अघि घरका सबै जुठा भाडाँ माझ्नु पर्दछ । अन्यथा रातभर घरमा जुठो राखे नकारात्मक ऊर्जाले घरमा प्रवेश पाउने र माता लक्ष्मी रुष्ट हुने धार्मिक मान्यता छ । जसले धनसम्बन्धी समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क