इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्रपा मकवानपुरद्वारा बकैया गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण

मकवानपुर | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर जिल्ला कार्यसमितिले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीका बाढी पहिरो पीडितहरूलाई राहत वितरण गरेको छ। वडा नम्बर १० अन्तर्गतका अम्बास, ठिङ्गनबेसी, धुवाकोट, केराबारी र घैयाटार लगायतका १८० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको हो।

राप्रपा मकवानपुरले संकलन गरेको राहत सामग्री पूर्वाधार विकास समिति सभापति माननीय दीपक बहादुर सिंह, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र वडा नम्बर १० मन्थलीकी वडा अध्यक्ष कमला वाइबाको रोहबरमा वितरण गरिएको हो। राहत सामग्रीहरूमा बाढी प्रभावित परिवारलाई अत्यावश्यक खाद्यान्न उपलब्ध गराइएको थियो।

राहत वितरण कार्यक्रममा बोल्दै पूर्वाधार विकास समिति सभापति दीपक बहादुर सिंहले असोज ११ र १२ गतेको बाढीबाट यस क्षेत्रमा भएको क्षतिले आफूलाई अत्यन्त दुःखित बनाएको बताए। “यो क्षतिको घाउमा मलमपट्टी लगाउन म यहाँ आएको हुँ,” सिंहले भने। साथै, उनले यस क्षेत्रको पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको र आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे। "बाटो, बिजुली र बस्तीको संरक्षणमा पहल गरिरहेको छु," उनले थपे।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि ड्यामका ढोका खोल्दा बकैया गाउँपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिका लगायतका क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क