इन्फो नेपाल — सञ्चारको सञ्जाल

संखुवासभा मादीको मुख्य सडक खण्डमा खाल्डाखुल्डी , यात्रु अलपत्रमा

सुनसरी / संखुवासभाको मादी नगरपालीकाको मुख्य सड्क खण्ड ओखरबोट, मुलखर्क हुँदै आहाले, मेहेले ऐसलु’ कान्पुर मंगलबारे जोड्ने सडक खण्डमा खाल्डाखुल्डी भएकाले गाडी हिलो बाटोमा फसेर यात्रु अलपत्रमा पर्ने गरेको छन् । बाटोमा १२ महिना गाडी कुदाउने बाटो भनि सरोकारवला लगायतले घोषण गरे पनि दैनिक रुपमा गाडी फसेको टिक्काटिपण्णी हुँदै आएको छ । बाटो धेरै हिलाम्मे भएका कारण शुक्रबार बाटोमा बस फसेको थियो । बसमा भएका यात्रु गाडीका चालक सहचालक सबैले बाटोमा बस डोरीले तानेर, हिलो माटो पन्छाएर फसेको ठाउँबाट बस निकालेका थिए । यसबाटो हुँदै मादीनगरपालीकाका वडा नं.४ का केही भाग वडा नं.१,२,३ का सेवाग्राही लाभान्वित हुने गरेका छन । दैनिक जसो वर्षा, ठेक्दारको लापरवाही जनप्रतिनिधिको लगाव नदेखिएको कारण बाटोमा समस्य देखा परेको हो । दैनिक लगभग ५० भन्दा बढी यात्रु उक्त बाटो हुँदै धरान ,इटहरी विराटनगर आउने जाने गर्छन् तर बीच बाटोमा नै अलपत्र पर्ने भएको हुँदा यो समस्यलाई चाडो भन्दा चाडो समाधानको बाटोमा ल्याउन लाग्नु पर्ने सेवा ग्राहीको धारण रहेको मादिका स्थानीय मिलन अधिकारीले जानकारी दिए । यो बाटोमा बस कुदेको लगभग ३ देखी ४ वर्ष भईसकेको छ । वार्षिक बजेट बिनियोजन हुन्छ तर उक्त सड्क खण्डमा सरोकार वलाहरुको ध्यानाकर्षण नहुँदा समस्या जस्ताको त्यस्तै रहेको स्थानीय अधिकारी बताउछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क