इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुचना अटेर गर्दै आएका हेटौँडाका घरधनी र व्यावसायिहरु झस्किए

हेटौँडा: सडक डिभिजन हेटौँडाले गत असार १० गते देखी राष्ट्रिय राजमार्गको अतिक्रमण हटाउने चेतावनी दिदै आएको छ । सडक डिभिजनले दिएको म्याद सकिने लाग्दा सम्म डिभिजनको सूचनालाई अटेर गरि बसिरहेका घरधनी र ब्यवसायीहरु अहिले चिन्तित छन् । पहिलेको झैँ अहिले पनि सडक बिस्तार रोकिन्छ भनेर सुचना अटेर गर्ने हरुलाई सडक डिभिजन कार्यालयको दैनिक गतिविधिले झन् चिन्ता थपेको छ । समग्रमा हेर्नु पर्दा अहिले हेटौँडा, सडक बिस्तार लाई लिएर दुई भागमा विभाजित भएपनी धेरै जसो सडक बिस्तार कै पक्षमा रहेको पाईएको छ । सोमबार सर्वोच्च अदालतको अल्पकालीन आदेशको अपव्याख्या गर्दै घरधनी र व्यावसायिकहरु सडक बिस्तार रोकिनेमा ढुक्क भए तर सडक डिभिजन कार्यालयले हिजो मात्रै सडकहरुमा अर्को सुचना टास गर्दै मईकीङ गर्यो र त्यसपछी मिडियामा आवश्यकता अनुआर ६० वटा सम्म डोजर सडकमा निकाल्ने प्रतिक्रिया दियो त्यसले सुचना अटेर गर्दै आएका घरधनीहरु र व्यावसायिहरु झस्किएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णाले कुमार गुप्ताले सडक डिभिजनको पछिल्लो गतिविधिका कारण हेटौंडाका उद्योगी तथा घरधनीहरुको चिन्ता बढेको कुरा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । व्यवसायीहरूले यसअघि पनि विभिन्न निकायमा ध्यानाकर्षण गराउने पत्र र ज्ञापनपत्र बुझाएको तर, सम्वन्धित निकाएहरुले त्यसको बेवास्ता गरिदिएकोमा उनले दु:ख ब्यक्त गरे । सर्वोच्च अदालतले सडक विस्तार गर्नुअघि सम्पतिको मुल्यांकन र विवरण संकलन गर्न आदेश दिए पनि सडक डिभिजनले सही तथ्यांक संकलनमा लापरवाही गरेको व्यावसायिहरुको आरोप छ । अध्यक्ष गुप्ताले सडक डिभिजन व्यवसायीमा डर र त्रास निम्त्याउने कार्य गरेको आरोप लगाएका छन् । साथै, सडक विभागले मानवीय संवेदनालाई वास्ता नगरेको र आफ्नो कार्यमा अन्यायपूर्ण र दमनकारी रणनीति अपनाउन लागेको व्यवसायी समुदायको आरोप छ । उचित क्षतिपूर्ति वा पर्याप्त पुनर्स्थापना नगरी सडक डिभिजनले सडक बिस्तार गर्न नहुने उनीहरु बताउछन । फ्ना समस्यालाई सम्बोधन गर्न व्यवसायीले शनिबार दिउँसो १ बजे भीमसेन मन्दिर अगाडि भेला हुने कार्यक्रममा राजनीतिक दल, स्थानीय निकाय, व्यवसायी, घरधनी र सम्बन्धित निकायलाई सहभागी हुन आमन्त्रण गरेका छन् । भेलाको क्षतिको क्षतिपूर्ति, उचित पुनस्र्थापनाको पहल र सडक विस्तार आयोजनाको पारदर्शी व्यवस्थापनको लगाएतका विषयमा छलफल गर्ने उनीहरुको लक्ष्य रहेको छ ।

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते