इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडातर्फ आईरहेको कार दुर्घटना, ३ जना गम्भीर घाइते

मकवानपुर | मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार बिहान साढे ७ बजेको समयमा ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

घटनास्थलबाट प्रहरी चौकी ठिङ्गनको टोलीले तीनै जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगेको छ। घाइतेहरूमध्ये एकजना बारा निजगढ नगरपालिका ६ बस्ने करिब ३० वर्षीय सन्दिप शाहको टाउकोमा चोट लागेको छ।

अर्का घाइते रौतहट मौलापुर नगरपालिका ६ बस्ने करिब १७ वर्षीय विवेक शाहको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने मकवानपुरकै भिमफेदी गाउँपालिका ८ बस्ने करिब ६५ वर्षीय प्रेम बहादुर ब्लोनलाई पनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।

घाइतेहरूलाई उपचारका लागि हेटौडा अस्पताल लगिएको प्रहरीले जनाको छ ।

सम्बन्धित समाचार

भिमफेदी कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ

हेटाैँडा । जेन्जी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदी हेटौँडामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१९ निवासी २३ वर्षीय हर्षित राज…

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिक…

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुग्लिन नजिकैको घोप्टेभीर खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

हेटाैँडा । नागढुङ्गा–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि गाडी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । जिल्ला प्रशासन का…