इन्फो नेपाल — सञ्चारको सञ्जाल

 हेटौँडामा आउने धेरै, तर बसाइँ सरेर जानेको सङ्ख्या पनि कम छैन

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा बसाइँ सरेर आउने परिवारको सङ्ख्या जानेभन्दा बढी देखिए पनि पछिल्ला वर्षमा आउने दर घट्दो क्रममा रहेको पाइएको छ । उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको वैशाखसम्म ३ हजार ३९५ परिवार हेटौँडामा बसाइँ सरेर आएका छन् भने १ हजार ९८५ परिवार यहाँबाट अन्यत्र सरेका छन् ।

तथ्याङ्कअनुसार आव २०७९/०८० मा १ हजार २४ परिवार हेटौँडामा आएका थिए भने ५६६ परिवार बाहिरिएका थिए । आव २०८०/०८१ मा ९५९ परिवार आए, ५८६ परिवार अन्यत्र गए । यस्तै, आव २०८१/०८२ मा ८१९ परिवार आए भने ४८० परिवार बाहिरिए । चालु आर्थिक वर्षको वैशाखसम्म ५९३ परिवार हेटौँडामा आएका छन् भने ३५३ परिवार अन्यत्र गएका छन् ।

यस तथ्याङ्कले हेटौँडामा बसाइँ सरेर आउनेको सङ्ख्या जानेभन्दा बढी रहेको देखाए पनि आउने परिवारको सङ्ख्या वर्षेनि घट्दै गएको देखिन्छ । त्यसैले हेटौँडामा बसाइँसराइको चाप अझै कायम रहे पनि “आउने क्रम निरन्तर बढ्दो” भन्दा पनि “जानेभन्दा आउने बढी” भन्ने निष्कर्ष बढी तथ्यपरक देखिन्छ ।

हेटौँडामा बसाइँ सरेर आउनेहरूमा बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीलगायत तराईका जिल्लाका परिवार बढी रहेको पञ्जीकरण शाखाको अभिलेखमा देखिन्छ । आएका परिवारहरूको रोजाइ उपमहानगरका वडा नम्बर ४, ५, ७ र ८ बढी रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क