इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु

हेटौंडा- चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला फागुन ८ गतेसम्म हेटौंडामा चल्दैछ। भेलामा ११ वटा सत्रमा सिनेमा र पर्यटनसँग सम्बन्धित विषयमा छलफल हुनेछ। संघका अध्यक्ष समीर बलामीका अनुसार संघ स्थापनाको २५ औँ वर्षगाँठको अवसरमा यो राष्ट्रिय भेलाको आयोजना गरिएको हो। भेलामा सिनेमा पर्यटनको विकासमा केन्द्रित रहेर विभिन्न कार्यक्रम गरिनेछ। भेलामा १०० भन्दा बढी चलचित्र पत्रकार, निर्माता, निर्देशक र चलचित्रकर्मीको सहभागिता रहनेछ। स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न पनि यो भेलाको आयोजना गरिएको हो। भेलाको उद्घाटनपछि चलचित्र ऐन मस्यौदामाथि छलफल हुनेछ। पत्रकार आचारसंहिता र अनलाइन प्रशासनसम्बन्धी विषयमा पनि सत्र हुनेछन्। विभिन्न मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता रहनेछ। चलचित्र क्षेत्रका विख्यात कलाकार र पत्रकारको पनि उपस्थिति रहने भेलाको आयोजना चलचित्र पत्रकार संघ मकवानपुर शाखाले गरेको छ।

सम्बन्धित समाचार

हेटौँडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु, १६ वर्षीय चालक नियन्त्रणमा

हेटौँडा । हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि मोटरसाइकलबाट खसेर सर्…

​हेटौंडामा एकादशीको रौनक: त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा भव्य मेला

हेटाैँडा । हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार मकवानपुरका प्रमुख धार्मिक स्थलहरू त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा मेला लागेको छ। बिहानैदेखि पूजाआजा र दर्शनका लागि मन्दिर परिसरहरूम…

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…