इन्फो नेपाल — सञ्चारको सञ्जाल

१० संकेत जसले अशुभ घटना हुनु पूर्व नै जानकारी दिन्छन्

ज्योतिषशास्त्र एक यस्तो विद्या हो जसले ग्रह नक्षत्रको गणना र तिनको चालबाट व्यक्तिको भविष्यका बारेमा भविष्यवाणी गर्छ । धेरैले ज्योतिषको गणना र भविष्यवाणीको विश्वास गर्छन् भने केही अविश्वास ।जीवनमा घट्ने केही शुभ र अशुभ घटनाको समेत ज्योतिषशास्त्रले जानकारी दिने गर्दछ । ज्योतिषशास्त्र अनुसार निम्न १० अवस्थामा ब्यक्तिको जीवनमा अशुभ घटना हुने संकेत गर्दछ । १. गहना हराउनु बहुमूल्य गहना हराउनु वा चोरी हुनु राम्रो मानिँदैन । यसले आउने जीवनमा संकट वा अशुभ हुने संकेत गर्दछ । २. घरपालुवा जनावरको मृ'त्यु यदि घरमा पालिएको घरपालुवा जनावर, चराचुरुङ्गीको एकाएक मृत्यु हुन्छ भने कुनै ठूलो विपत्ति आउने संकेत गर्दछ । तर प्राकृतिक मृत्युले भने असर गर्दैन । ३. औंलामा अचानक कोठी आउनु यदि हातको साहिली औंलाको फेदतर्फ अचानक कोठी आयो भने जीवनमा धोका पाउने सम्भावनालाई इशारा गर्छ । ४. जीवनसाथीसँग झगडा यदि एकाएक श्रीमान–श्रीमती (जीवनसाथी)बीच झगडा हुन्छ र झगडा बढ्दै जान्छ भने यसले संकट आउने परिस्थितिको संकेत गर्छ । साथै यसले धन नोक्सान हुनेतर्फ पनि इशारा गर्छ । ५. अवसर गुम्नु यदि कोही मानिसले सूचना वा मनसायको अभावमा कुनै ठूलो अवसर गुमाएको छ भने यसले उसको जीवनमा संकट आउँदैछ भन्ने संकेत गर्छ । साथै लामो समयबाट थालिएको काममा समेत अवरोध हुने गर्दछ । ६. पेटको रोग अचानक कसैमा पेट सम्बन्धि रोग देखा पर्छ र निको भइरहेको छैन भने यसले आउने जीवनमा अनेकौं समस्या आउन सक्नेतर्फ संकेत गर्छ । साथै मानिसमा मन चञ्चल हुने, चिढ्चिढापना बढ्ने हुन जान्छ । ७. निरन्तर आर्थिक समस्या यदि कसैलाई अचानक बोल्दा बोल्दै मुख लरबराउँछ र मुखमा आवश्यकता भन्दा बढी ¥याल आउने भइरहेको छ भने भविष्यमा धन र कानूनी अड्चन आउने घटनातर्फ इशारा गर्छ । ८. पानीको ट्यांकी लिक हुनु यदि घरमा रहेको पानीको ट्यांकी अचानक लिक भयो अर्थात चुहिन थाल्यो भने घरमा आर्थिक संकट आउने हुनसक्छ । ९. तेल पोखिनु काम गर्दागर्दै होस् वा लापरबाहीले होस्, अचानक घरको मुख्य द्वारमा तेल पोखियो भने परिवारमा विपत्ति आउने हुनसक्छ । यसरी तेल पोखिएमा तत्काल सेतो कपडाले सफा गर्नुपर्छ । १०. विद्युतीय उपकरण यदि घरमा ठिकठाक चलिरहेको विद्युतीय उपकरण एकाएक बिग्रियो वा बारम्बार बिग्री रह्यो भने यो धन नोक्सानी हुने संकेत हो । यस्तो भएमा घरमा ठूलो आर्थिक क्षति आउन सक्छ । यसका साथै चर्किएको मोबाइल वा अन्य विद्युतीय उपकरण पनि बोक्नु हुँदैन ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क