टोकियो, जापान । जापानमा अध्ययनरत नेपाली विद्यार्थी गोमा राउतको निधन भएको छ। कैलालीको लम्की–बाहुनपुर घर भएकी राउतको शोवा जनरल अस्पतालमा निधन भएको हो।
निशी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत राउतको मृत्यु शंकास्पद रहेको भन्दै जापानी प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न र मृत्युको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। राउतको निधनको मिति र अस्पताल भर्ना हुनुको कारणबारे विस्तृत विवरण भने खुल्न बाँकी छ।



