इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुक्तिनाथ मन्दिरमा चार महिनामा ४५ लाख ४६ हजार रुपैयाँभन्दा बढी भेटी सङ्कलन

मकवानपुर । मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चार महिनाको अवधिमा ४५ लाख ४६ हजार रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म रसिद र दान पेटिकामार्फत उक्त रकम जम्मा भएको हो।

​मुक्तिनाथ विकास समिति कोषका अनुसार सङ्कलित कुल रकममध्ये नेपाली रुपैयाँ २६ लाख ५९ हजार र भारतीय रुपैयाँ ११ लाख ७९ हजारभन्दा बढी रहेको छ।

​मन्दिरमा नेपाल र भारतबाहेक अन्य १० देशका विदेशी मुद्रासमेत भेटीस्वरूप प्राप्त भएका छन्। कोषका व्यवस्थापक दिनेश भुसालका अनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउण्ड, थाई भाट र मलेसियन रिङ्गेटलगायत विदेशी मुद्रा सङ्कलन भएका हुन्।

​भक्तजनबाट सङ्कलित सबै भेटी रकम विभिन्न बैंकमा रहेको कोषको खातामा जम्मा गर्ने गरिएको कोषले जनाएको छ।

सम्बन्धित समाचार

तुलसी–दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी मनाइँदै

मकवानपुर ।आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ । यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग वि…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क