इन्फो नेपाल — सञ्चारको सञ्जाल

यमनी हवाई आक्रमणमा ११ जनाको मृत्यु

यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ। शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित एक आवासीय भवनलाई लक्षित गरी साउदी युद्धविमानले आक्रमण गर्दा ती व्यक्तिको ज्यान गएको हो।

​हुथी समूहको समाचार एजेन्सी ‘सबा’ लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएअनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। साउदी सेनाले हुथी समूहको प्रभाव क्षेत्र मानिने सादास्थित इन्धन भण्डारण केन्द्रमा समेत निशाना बनाएको छ।

​यसअघि बिहीबार हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्र जाजानस्थित तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणमा एक नेपाली कामदारको ज्यान गएको थियो। आक्रमणमा अन्य केही कामदार घाइते भए पनि ज्यान गुमाउने नेपालीको परिचय अझै खुल्न सकेको छैन।

​अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रित क्षेत्रमा नियमित हवाई कारबाही चलाउँदै आएको छ। त्यसको जवाफमा हुथी समूहले साउदी अरबका तेल तथा ऊर्जा केन्द्र, विमानस्थल र राजधानी रियादको वित्तीय क्षेत्रमा आक्रमण गर्दै आएको छ।

​यमनमा जारी द्वन्द्वका कारण लालसागरको रणनीतिक जलमार्ग बाब अल–मन्देब क्षेत्रमा समेत सुरक्षा चुनौती बढ्दै गएको छ।

सम्बन्धित समाचार

जापानमा नेपाली विद्यार्थी गोमा राउतको असामयिक निधन

टोकियो, जापान । जापानमा अध्ययनरत नेपाली विद्यार्थी गोमा राउतको निधन भएको छ। कैलालीको लम्की–बाहुनपुर घर भएकी राउतको शोवा जनरल अस्पतालमा निधन भएको हो। ​निशी टोकियो इन्टरनेसनल कलेजमा…

साउदीमा भएको हवाई आक्रमणमा १ नेपालीको मृत्यु, ३ घाइते

काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणका क्रममा मिसाइल तथा ड्रोनका टुक्रा लागेर एक नेपाली कामदारको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गत मंगलबार भएको आक्रमणमा घाइते भएका न…

नेपाल र भारतबीच आठ क्षेत्रमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ। नेपाल र भारतबीच आठवटा क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी सम्झौताले सुरक्षा, प्र…