समाजफेरी ह्वात्तै बढ्यो संक्रमण

फेरी ह्वात्तै बढ्यो संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ ।

मंगलबार ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बढेर १ सय १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार २ हजार ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४ सय ७१ जना रहेका छन् ।

विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या ९ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४ सय ६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img