देशकोशी प्रदेशपाँचथरमा सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, दुईजना गम्भीर घाइते

पाँचथरमा सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते, दुईजना गम्भीर घाइते

सुनसरी / पाँचथरको मिक्लाजुङ गाउँपालिका- ६ स्थित राँके- रवि-भेडेटार सडकखण्डमा आज आइतबार दिउँसो सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी आफैँ अनियन्त्रित भएर सडकबाट केही तल झरेको हो ।

जिल्ला प्रहरी पाँचथरका अनुसार मिक्लाजुङ गाउँपालिका- ८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी दुर्घटना हुँदा गाडीमा सवार १८ जना मध्ये १५ जना घाइते भएका हुन् । घाइतेहरूलाई सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img