देशकोशी प्रदेशविराटनगरमा तनावग्रस्त बन्यो, प्रहरीद्वारा अश्रुग्यास र तीन राउन्ड हवाई फायर

विराटनगरमा तनावग्रस्त बन्यो, प्रहरीद्वारा अश्रुग्यास र तीन राउन्ड हवाई फायर

सुनसरी | प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ ।

प्रदेश नं. १ पुनःनामाकरण सयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरको महेन्द्र चोकमा भेला भएका सहभागिहरुले निषेधाज्ञा क्षेत्र भित्र प्रवेश गरेर ढुुङ्गामुडा गर्न थाले पछि झडप समेत भएको थियो । सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।

आज आइतबार प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् ।

झडपका क्रममा सुरक्षाकर्मीहरुले सात सेल अश्रु ग्यास प्रहार गरेको प्रहरी कार्यलय विराटनगरले जनाएको छ । झडपमा ३ जना सुरक्षाकर्मीहरु घाइते भएका हुन् । प्रदर्शन आज दिनभर गरेका हुन् । प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img