देशकोशी प्रदेशताप्लेजुङबाट धरान घुम्न गएकी युवती बलात्कृत

ताप्लेजुङबाट धरान घुम्न गएकी युवती बलात्कृत

spot_img

धरान | धरान घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको युवतीले बताएकी छन् । बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।

युवतीले आफूलाई रोजगारी मिलाइदिने भन्दै अभियुक्तले होटलमा भेट गरौं भनी जबरजस्ती गरेको बताएकी छन् । अभियुक्त राईले आफूलाई बलत्कार गरी कुटपिट गरेर होटलमा बन्धक बनाएर राखेको पनि उनले बताएकी छिन् ।

अर्को मान्छेले होटलको कोठाको ढोका खोलिदिएपछि युवती बाहिर निस्किएर प्रहरीकोमा पुगेकी थिइन् । पीडित युवतीको धरानमा आफन्त कोही नभएकोले उनलाई प्रहरीले संरक्षण गरेर राखेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img