राशिफलदैनिक राशिफलअसोज ३० गते बिहिबारको भाग्यफल

असोज ३० गते बिहिबारको भाग्यफल

आज विक्रम संवत् २०८२ असोज ३० गते बिहिबार, अर्थात् १६ अक्टोबर २०२५ को दिन हो। सूर्योदय बिहान ६:०५ बजे र सूर्यास्त बेलुका १७:३२ बजे हुनेछ। आजको तिथि दशमी १३:४९ बजेसम्म रही त्यसपछि एकादशी लाग्नेछ। कार्तिक कृष्णपक्षको यो दिनमा अश्लेषा नक्षत्र १६:४२ बजेसम्म र त्यसपछि मघा नक्षत्र रहनेछ। साध्य योग बिहान ०८:०२ बजेसम्म र त्यसपछि शुभ योग लाग्नेछ। विष्टि करण १३:५० बजेसम्म र त्यसपछि बव करण रहन्छ। चन्द्रमा १६:४२ बजेसम्म कर्कट राशिमा र त्यसपछि सिंह राशिमा संक्रमण हुनेछ। हाल शरद ऋतु र दक्षिणायनको समय चलिरहेको छ। ज्योतिषीय दृष्टिकोणले आजको दिन विशेष रूपमा शुभ योग लागेपछिको समय शुभ कार्यका लागि अनुकूल रहनेछ भने विष्टि करणको समय केही सतर्कता अपनाउनुपर्ने देखिन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहन्छ तर घरको वातावरण व्यवस्थित र रमाइलो हुन्छ। गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारो पर्छ। पारिवारिक समस्याले खिन्न बनाउँछ तर लापरबाही नगर्नुहोस्। आजको मिहिनेतले राम्रो रिजल्ट दिन्छ। आवेगमा नियन्त्रण गर्न नसक्दा निराशा हुन्छ। आफ्‌नो लागि समय निकालेर चिन्तन गर्नुहोस्। भाग्यबल ६५%, शुभअङ्क ४, शुभरङ सिम्रिक रातो। मन्त्र: ॐ बगलामुखीदेव्यै नमः (०९ पटक)।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरानो समस्या वा कारबाहीमा ध्यान जान्छ। नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिनुहोस्। नयाँ र पुराना मित्रसित भुलिंदा पार्टनरलाई समय दिन सकिँदैन। व्यक्तिगत कार्य सम्पन्न हुन्छ। हाकिम र सिनियरसँग सुमधुर सम्बन्ध बन्छ। सानो प्रयासले उच्च स्तरमा पहुँच र स्थान पक्का गर्न सकिन्छ। भाग्यबल ८०%, शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ बक्रतुण्डाय हुम् (२१ पटक)।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सागसब्जी र चिसोजन्य कारोबारीले राम्रो गर्छन्। आम्दानी सहज छ तर फुइँ लाउँदा मोटो रकम खर्च हुन्छ। स्मरणीय आनन्द प्राप्त हुन्छ। बोली र व्यवहारमा नम्रता राख्नुहोस्, घरमा नयाँ सुखको आभास हुन्छ। चुनौती भए पनि सफलता मुट्ठीमा रहन्छ। परीक्षा र प्रतियोगिताका लागि पठनपाठनमा जुट्नुहोस्। भाग्यबल ८५%, शुभअङ्क २, शुभरङ पहेंलो। मन्त्र: ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः (१९ पटक)।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्छ। अल्छीपन बढ्न सक्छ तर कल्पनाले मात्र केही हुँदैन, मज्जाले खट्नुहोस्। आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्नुहुन्छ। व्यक्तित्व निर्माण र शारीरिक सुगठनमा ध्यान जान्छ। व्यक्तिगत उन्नतिको समाचारले मन प्रसन्न हुन्छ। पार्टनरबाट शुभकामना पाउँदा थप सन्तुष्टि मिल्छ। भाग्यबल १००%, शुभअङ्क १, शुभरङ घिउरङ। मन्त्र: ॐ सुधाकराय नमः (११ पटक)।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिद्वन्द्वीको योजना थाहा पाउँदा भावी रणनीति तयार गर्न मद्दत पुग्छ। बुद्धिकौशल र कुटनीतिले महत्त्वपूर्ण कार्य सम्पन्न हुन्छ। दौडधूप, ढुवानी र मार्केटिङमा राम्रो छ। आफू उपस्थित भएमा मात्र लाभ मिल्छ। सुखसुविधामा आकर्षण बढ्छ तर आर्थिक पक्ष बाधक बन्छ। आवश्यक पर्दा ऋण वा सापटी लिनुपर्छ। भाग्यबल ५५%, शुभअङ्क ३, शुभरङ छिरबिरे। मन्त्र: ॐ कें केतवे नमः (०७ पटक)।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी ठेक्का, गृहनिर्माण, फर्निचर र खानपीन सामाग्रीमा लाभ मिल्छ। चाहेबमोजिम सबै काम सम्पन्न हुन्छन्। पारिवारिक माहौल ठीक छ तर अहङ्कार र घमण्ड नियन्त्रण गर्नुहोस्। महत्त्वाकाङ्क्षा जाग्छ। दीर्घ योजना वा विदेश पढ्ने सपना छ भने धेरै मिहिनेत गर्नुहोस्। भाग्यबल ९०%, शुभअङ्क २, शुभरङ पहेंलो। मन्त्र: ॐ देवपुजिताय गुरवे नमः (१९ पटक)।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सिनियर स्टाफलाई रिझाउन सकिन्छ। व्यक्तित्व विकास र पदोन्नतिका लागि प्रयास गर्ने दिन हो। व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्छ। घरायसी कामको चाप बढ्छ। समय निकालेर लवमेटसँग कुराकानी गर्नुहोस्। प्रेमी वा जीवनसाथीसँग लामो समय बिताउन सकिन्छ। भाग्यबल ८५%, शुभअङ्क १, शुभरङ सेतो। मन्त्र: ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः (२१ पटक)।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थोरै प्रयासले आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय हो। केही समय छरछिमेकी र आफन्तलाई दिनुपर्छ। सपना साकार हुन्छ, लक्ष्य पहिल्याउन सजिलो हुन्छ। लक्ष्य पूरा गर्न धेरै मिहिनेत गर्नुपर्छ। शान्त र स्थिर मति जाग्छ, परोपकारी समय हो। ठूलाबडाको सहयोग लिए नबन्ने काम पनि बन्छ। भाग्यबल ३०%, शुभअङ्क ९, शुभरङ घिउरङ। मन्त्र: ॐ सों सोमाय नमः (११ पटक)।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हरेक क्रियाकलापमा सफल हुनुहुन्छ तर मुड घरिघरि अशान्त बन्छ। अनुशासन र संयमता आजको सफलताको सूत्र हो। दिकदारी र चिडचिडेपन बढ्छ। थकान र अस्वस्थता भए पनि कामबाट फुत्कन मिल्दैन। मनले नमानेको कामबाट टाढा रहनुहोस्। स्टाफबीच समन्वयको कमी छ भने बैठक राखेर सुलह गर्नुहोस्। भाग्यबल ५५%, शुभअङ्क ८, शुभरङ सेतो/पहेंलो। मन्त्र: ॐ बृं बृहस्पतये नमः (१९ पटक)।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनोरञ्जन, रामरमाइलो र घुमघामको समय हो। आफ्‌नो कुरा थोप्नुभन्दा पार्टनरको भावना बुझ्‌नुहोस्। गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन हुन्छ। अनुसन्धान, गुप्तचर र कुटनीतिमा राम्रो उन्नति हुन्छ। कुशल नेतृत्व र व्यवस्थापकीय क्षमता उपयोग हुन्छ। पारिवारिक जीवन र आत्मिक आनन्दको उत्कृष्ट समय हो। भाग्यबल ३५%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ कुलपूजितायै नमः (११ पटक)।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुन्छ। पार्टनरको क्रियाकलापमा शङ्का उब्जिन सक्छ। राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिर्ने सौख जाग्छ। आफू वा जीवनसाथीका लागि वस्त्र वा आभूषण खरीद गर्ने मन बन्छ। आधिकारिक वार्तालाप वा व्यापारिक बैठकमा उत्सुकता बढ्छ। नयाँ करार वा समझौताको सम्भावना देखिन्छ। भाग्यबल ६५%, शुभअङ्क ६, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ सर्वरोगहराय नमः (१० पटक)।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिकतामा निखार आउँछ। विषयवस्तुप्रति गम्भीर बन्नुहोस्, पढाइमा लगाव बढाउनुहोस्। सोचेजस्तै रिजल्ट पाइन्छ। बौद्धिक क्षेत्र र दार्शनिक विषयमा सक्रियता देखाउनुहोस्। आफू वा छोराछोरीका माध्यमबाट फाइदामूलक काम बन्छ। कल्पना र भावनामा रुमल्लिन सकिन्छ। फुर्सद निकालेर नयाँ ज्ञान सिक्ने प्रयास गर्नुहोस्। भाग्यबल १००%, शुभअङ्क ५, शुभरङ पहेंलो। मन्त्र: ॐ गुं गुरवे नमः (१९ पटक)।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img