काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख पचास हजार नौ सय रुपैयाँ कायम गरिएको छ।
अघिल्लो दिनको तुलनामा आज तोलामा दुई हजार रुपैयाँले वृद्धि भएको हो। यसअघि बुधबार सुन प्रतितोला दुई लाख अठचालिस हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढ्दो क्रममा रहेकाले यसको सीधा प्रभाव नेपाली बजारमा परिरहेको छ। हाल विश्व बजारमा सुनको मूल्य प्रतिऔंस चार हजार दुई सय अमेरिकी डलर नाघेको छ। एक औंस बराबर करिब दुई दशमलव चार तीन ग्राम हुन्छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला तीन हजार दुई सय चालीस रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तेह्र रुपैयाँले बढेर तीन हजार दुई सय पचहत्तर रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला तीन हजार तीन सय पच्चीस रुपैयाँसम्म पुगेको थियो।



