Sunday, January 19, 2025
धर्म/संस्कृतिदसैँ तिहारमा पाथीभरा मन्दिरमा ६१ हजार बढी दर्शनार्थी पुगे

दसैँ तिहारमा पाथीभरा मन्दिरमा ६१ हजार बढी दर्शनार्थी पुगे

सुनसरी :ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।

वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँ तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका जनाएको छ ।

नवरात्रका समयमा देवीको पुजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका समितिको अनुमान छ । यस वर्ष दसैँ तिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको पनि समितिले जनाएको छ ।

पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरा मन्दिरमा मंगलबार र शनिबार विशेष भिड हुने गरेको छ ।

मुख्य सिजनमा मात्र नभई बाह्रै महिना पाथीभरामा तीर्थयात्रीको आगमन हुने गरेको समितिको तथ्याङ्क रहेको छ । अहिलेको मुख्य सिजन भएसँगै ताप्लेजुङ सहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरी लगायत पूर्वी नेपालका जिल्लाबाट उल्ले ख्यरूपमा तीर्थयात्री आएका छन् ।

यस्तै काठमाडौँसहित विभिन्न जिल्लाबाट र नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बङ्गाल लगायतबाट तीर्थयात्री आएका पनि पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ । करिब चार घण्टाको उकालो चढेपछि पुगिने मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्दछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img