इटहरी- विद्यार्थीबिच बढ्दै गएको असमानता मध्यनजर गरेर सबै विद्यालयमा एउटै पोसाक लागू गरेको इटहरी उपमहानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूको छाेराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
बैठकले उपमहानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए । विद्यालय आफैले किताब तथा स्टेशनरी राखेर बिक्री गर्ने समेत प्रतिबन्ध गरिएको छ ।
‘पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनुन् भन्ने उद्देश्य पनि हो, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरूका छोराछोरी अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेका छौ’ उनले भने ।