Friday, February 7, 2025
निर्वाचनबालेनले हालेनन् प्रदेश सभामा मत

बालेनले हालेनन् प्रदेश सभामा मत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रदेश सभा सदस्यका उम्मेदवारलाई मत हालेका छैनन् । उनले प्रदेश सभाको समानुपातिकमा पनि मत हालेनन् ।

काठमाडौं–९ स्थित गैरीगाउँमा अन्नपूर्ण मतदान केन्द्रबाट मतदान गरेका बालेनले प्रदेशसभाका मत पत्र नै बुझेनन् । उनले प्रदेश सभाको आवश्यकता नभएको बताउँदै आएका छन् । यसका लागि बलियो स्थानीय तह चाहिने पनि आवाज उठाउँदै आएका छन् ।

उनले प्रतिनिधि सभा तर्फको प्रत्यक्ष र समानुपातिकमा मात्र मत हालेर मतदान केन्द्रबाट बाहिरिएका थिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि प्र्रदेश सभाका लागि मत हालेका थिएनन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस