काठमाडौ, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ६ हजार १ सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले ११ हजार ८ सय ७२मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५ हजार ६ सय ९८ मत ल्याएका छन्। लामिछाने र पोखरेलबीचको मतान्तर ६ हजार १ सय ७४ छ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ५ हजार ५ सय ७३ मत ल्याएका छन्।



