फिचरमकवानपुरमा उत्साहजनक मतदान: बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता

मकवानपुरमा उत्साहजनक मतदान: बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता

हेटौँडा | प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज फागुन २१ गते देशभर मतदान भइरहेको छ। मकवानपुर जिल्लामा पनि बिहानैदेखि मतदाताको उत्साहजनक सहभागितासहित मतदान जारी रहेको छ। विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको लाम देखिएको छ भने शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया अगाडि बढिरहेको छ।

मकवानपुरमा दुई निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाका १०२ वडामा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।

मकवानपुर–१ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्रमा १ लाख ५८ हजार ४३४ मतदाता रहेका छन् भने मकवानपुर–२ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्रमा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्।

निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लामा दुई अस्थायी मतदानस्थलसमेत तोकिएको छ। भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अस्थायी मतदानस्थल राखिएको हो। भीमफेदी कारागारमा ९ सय ९५ कैदीबन्दी भए पनि मतदाता नामावलीमा भने ७५ जनाको मात्रै नाम समावेश गरिएको छ, जसमा ३ जना महिला र ७२ जना पुरुष रहेका छन्।

मतदान शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको संयुक्त सुरक्षा टोली मतदान केन्द्रमा परिचालन गरिएको छ।

बिहानैदेखि वृद्धवृद्धा, युवा तथा महिला मतदाताहरू उत्साहका साथ मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

 मकवानपुरका विभिन्न मतदान केन्द्रमा देखिएका केही दृश्यहरू।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img