Wednesday, March 26, 2025
मनोरञ्जनहेटौँडा महोत्सवमा आज गायक दुर्गेश थापा र रमेशराज भट्टराईको प्रस्तुति रहने

हेटौँडा महोत्सवमा आज गायक दुर्गेश थापा र रमेशराज भट्टराईको प्रस्तुति रहने

हेटौँडा | दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ अन्तर्गत आज (शुक्रबार) गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर हेटौँडाका दर्शकमाझ उपस्थित हुँदैछन्। आयोजकका अनुसार बिहीबार उर्गेन दोङ, कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति गजबको रह्यो, जसले दर्शकलाई भरपुर मनोरञ्जन दिलायो। आज दुर्गेश थापाको धमाकेदार प्रस्तुति रहने भएकाले आयोजकले झनै ठूलो उत्साहको अपेक्षा गरेको छ।

थापाको पछिल्लो हिट गीत ‘दुश्मन हेरेको हेर्यै…’ अहिले युवापुस्तामाझ निकै लोकप्रिय छ। युट्युबमा रिलिज भएको एक महिनामै यो गीतले २ करोड ६० लाखभन्दा बढी भ्युज बटुलिसकेको छ।

त्यसैगरी, आजकै दिन ‘बहुला’ सिरिजका चर्चित गायक रमेशराज भट्टराई पनि स्टेज तताउने छन्। लोक गायक सरोज लामिछाने, गायक विनय कुमार कार्की र रमेश श्रेष्ठले समेत आफ्ना प्रस्तुतिहरू पस्किने कार्यक्रम तय भएको छ।

Screenshot 2025 02 27 213247

फागुन ६ गतेदेखि सुरु भएको यो महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरूले धमाकेदार प्रस्तुति दिँदै आएका छन्। ३ सयभन्दा बढी व्यापारिक स्टल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू रहेको मेला फागुन १९ गते आइतबारसम्म हेटौँडा-१०, टिसिएन चौरमा सञ्चालन हुनेछ।

 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img