काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत ४१ स्थानमा भएको मतदानको मतगणना जारी छ। आइतबार राति साढे ११ बजेसम्म ११ वडाको अन्तिम परिणाम घोषणा भएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजामा नेपाली कांग्रेसले ६ वडा जितेको छ भने नेकपा एमालेले ३ वडा आफ्नो पक्षमा पार्न सफल भएको छ। माओवादी केन्द्र र नेमकिपाले समान १/१ वडा जितेका छन्।
घोषित विजेताहरूको सूची
- कालीकोट, तिलागुफा नगरपालिका–४: नेमकिपाका खड्गराज शाही
- ओखलढुंगा, मोलुङ गाउँपालिका–५: एमालेका गंगाबहादुर तामाङ
- रौतहट, इशनाथ गाउँपालिका–७: कांग्रेसका शेख अब्दुल खलिक
- महोत्तरी, रामगोपालपुर नगरपालिका–२: एमालेका ककिवल खाँ
- गोरखा, गोरखा नगरपालिका–५: माओवादी केन्द्रका विष्णुबहादुर मगर
- रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–७: कांग्रेसका मोतीराम खत्री
- दैलेख, दुल्लु नगरपालिका–१३: एमालेका लालबहादुर शाही
- जाजरकोट, कुशे गाउँपालिका–७: कांग्रेसका खम्बबहादुर सिंह
- डोटी, पूर्वीचौकी गाउँपालिका–६: कांग्रेसका मोहन थापा
- दार्चुला, दुहुँ गाउँपालिका–५: कांग्रेसका धनसिंह कुँवर
- रुकुम पूर्व, पुथा उत्तरगंगा–२: माओवादीका जगत धर्ती
अन्य वडाहरूमा मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार बाँकी स्थानको परिणाम सोमबार सार्वजनिक हुने सम्भावना छ। आइतबार सम्पन्न उपनिर्वाचनमा देशभर ४१ स्थानीय तहमा रिक्त रहेका पदमा मतदान भएको थियो। मतगणनाको प्रक्रिया अब धमाधम अघि बढ्ने र सम्पूर्ण नतिजा केही दिनभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।