Saturday, March 22, 2025
देशकोशी प्रदेशकोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु

कोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु

सुनसरी: कोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको सोमबारबाट निःशुल्क उपचार सुरू गरेको हो ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरु गरेकी हुन् । निःशुल्क आकस्मिक सेवा (इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको अ‍ौषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको  देवकोटाले बताइन ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेको उनले जानकारी दिईन ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएर कार्यान्वयन गरेको बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img