पुष २९ देखि माघ ६ गतेसम्मको साप्ताहिक राशिफल- ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिका लागि यो साताको शुरुवातको दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचर रहने हुनाले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । सहयोगीहरू फेला पर्नेछन्। तर मंगलवारदेखि केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्। तापनि मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। सप्ताहान्तमा पुनः परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। नयाँ काम प्रारम्भ हुनेछ। उपलब्धिका साथै प्रसिद्धि पनि बढ्नेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धि मुलक हुने देखिन्छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ। तर आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ। मंगलवार र बुधवार लाभांशको आधा हिस्सा खर्चनुपर्ला। समयमा जुट्न नसक्दा केही अवसर गुम्न सक्छन्। काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। बिहीवारपछि यन्त्र–उपकरण बिग्रने, काम राेकिने र अधिक खर्च बढ्ने सम्भावना छ। तापनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। साथीभाइकाे सहयाेगले काम बन्नेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
नवम भावमा चन्द्रमाको गोचरबाट साताको सुरुवात भइ दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । तापनि कर्मयोगले समाजमा स्थापित गराउनेछ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। मंगलवारपछि स्थितिमा सुधार आउनेछ। विशेष जिम्मेवारी अथवा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। खर्च लागे पनि दिगो काम प्रारम्भ गर्ने अवसर छ। तारिफयाेग्य कामले प्रसिद्धि पनि बढ्नेछ। समयमा मिहिनेत गर्दा उपलब्धि प्राप्त हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्नेछ। केही काम बिग्रने डरले सताउन सक्छ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग बैजनी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुन्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा जिउ भारी भएकाे अनुभूति हुनेछ। खर्च बढ्नेछ र काम बिग्रने डरले सताउनेछ। अवसरवादीहरूले आफ्ना कमजाेरीकाे फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै काममा समय बित्नेछ। आफ्नाे काम राेकिन सक्छ। मन अधैर्य बन्नेछ। आश्वासन दिनेहरूकाे भर नपर्नुहाेला। धेरै प्रयास गर्दा पनि काम बन्न समय लाग्नेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनासाथ राेकिएका काम बन्नेछन्। पुराना साथीभाइसँग भेटघाट हुनुका साथै नयाँ अवसर पनि प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचर रहने हुनाले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । व्यापार बढ्नेछ र पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। मंगलवारपछि केही अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ र अर्थ अभाव [देखा पर्नेछ। आँटेको काम पनि रोकिन सक्छ, सजग रहनुहाेला। बिहीवारदेखि शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ र दिगो काम थालनी हुनाले भविष्यप्रति आशा बढ्नेछ। सप्ताहान्तमा काम बन्नाले जोश–जाँगर बढ्नेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरे सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा चुनाैती देखिए पनि मिहिनेतले उपलब्धि दिलाउनेछ। चिताएकाे काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि यात्राकाे प्रक्रिया अघि बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। नयाँ काम गर्न सकिनेछ। रमाइलो यात्राका बीच महत्त्वपूर्ण भेटघाट हुने सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। बिहीवारदेखि स्वास्थ्यबाधा, अधिक खर्च, काममा बाधा जस्ता समस्या आउन सक्छन्। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। तापनि सप्ताहान्तमा राम्रै लाभ उठाउन सकिनेछ। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भोले बाबाको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा ध्यान केन्द्रित हुनाले विद्यार्थीहरूकाे प्रगति हुनेछ। पेसा–व्यवसायमा पनि राम्रै उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। सीप र कलामा पनि निखारता आउनेछ। लामाे समयदेखि रोकिएको काम बन्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै मनग्य धनलाभ हुनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। नयाँ मित्रहरू फेला पर्नेछन् भने प्रेमको बन्धन पनि कसिलाे हुनेछ। सप्ताहान्तमा स्वास्थ्यका लागि सजग रहनुहोला। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आराधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा आफन्तहरू नजिकिए पनि परिस्थिति आफ्ना लागि प्रतिकूल रहने देखिन्छ। शरीरमा आलस्यभाव बढ्नेछ। काम बिग्रने भयले पनि सताउन सक्छ। अवसर आए पनि लाभ उठाउन नसकिला। मंगलवारदेखि स्थितिमा केही सुधार आए पनि काम बन्न समय लाग्नेछ। विद्यार्थीहरूमा अलमल बढ्नेछ भने पेसा–व्यवसायमा मन्दी आउन सक्छ। बिहीवारदेखि परिस्थिति अनुकूल बन्नेछ। कामका व्यवधान पनि हट्नेछन्। मिहिनेतले राेकिएकाे काम सम्पादन हुनेछ। आँट गर्दा ठूलै काम बन्नेछ। व्यापार बढ्नेछ र सप्ताहान्तमा यात्राको साइत जुर्नेछ। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिका लागि यो साता तृतीय भावमा चन्द्रमाको गोचर रहने हुनाले साहस तथा पराक्रम बढ्नेछ। उद्याेग र व्यापारमा फाइदा हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। मिहिनेत गर्दा चिताएका काम सजिलै सम्पादन हुनेछन्। मंगलवार र बुधवार भने घरेलु तथा पारिवारिक समस्यामा अलमल हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट पनि सतर्क रहनुहोला। साताको उत्तरार्धमा परिस्थिति अनुकूल बन्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ र मिहिनेतले मनग्य फाइदा दिलाउनेछ। तारिफयाेग्य काम गर्दै नाम र दाम हातपार्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सिन्दुरे वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम दोहोर्याउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। वादविवादबाट टाढै रहनुहाेला। लगानीमा केही खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा पूरा नहुन सक्छ। बिहीवारपछि भने परिवारमा असमझदारी बढ्न सक्छ। फाइदाका लागि आफ्ना विशेष योजना सार्वजनिक नगर्नुहोला। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
समय लागे पनि शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। साथीभाइको सहयोग जुट्नाले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रमाइला क्षणको सहयात्री बन्न सकिनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने केही समस्या देखापर्नेछन्, सजग रहनुहाेला। यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिका लागि साता आइतबार र सोमबार अनावाश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । अभावका बाबजुद अरूका लागि धन जुटाउनुपर्ने आवश्यकता पर्न सक्छ। यात्रामा निस्कँदा बीचैमा समस्या पर्नेछ भने उद्देश्य प्राप्त गर्न बाधा पर्नेछ। मंगलवारदेखि स्थिति अनुकूल बन्नेछ र लाभ उठाउन सकिनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। चल-अचल धन हातलागी हुनेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन् । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।