राशिफलचैत १९ देखी २५ गतेसम्मको साप्ताहिक राशिफल

चैत १९ देखी २५ गतेसम्मको साप्ताहिक राशिफल

समग्रमा राशिफल (चैत १९ देखी २५ गतेसम्म): यो सप्ताह सबै राशिका लागि मिश्रित अनुभव रहनेछ। केही राशिहरूका लागि शुरुवातमा अवरोध आउने छ भने केहीलाई काममा सफलता मिल्नेछ। व्यापार र नोकरीको क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। मेहनत गर्नेहरूले उचाइ र प्रतिष्ठा प्राप्त गर्नेछन्। साथीभाइ र आफन्तहरूबाट समर्थन मिल्नेछ। बीच सप्ताहमा केहीले विवाद र बाधा झेल्नु पर्नेछ। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। तर त्यसपछि स्थिति राम्रो हुनेछ र समस्याको समाधान हुनेछ। यात्रा गर्नेहरूलाई गन्तव्यमा सफलता मिल्नेछ। व्यापार र नोकरीमा अझ राम्रो अवसरहरू प्राप्त हुनेछन्। दिगो कार्यको शुरुवात हुनेछ। सप्ताहको अन्त्यमा केहीले विवाद र गोपनीयताको समस्याको सामना गर्नु पर्नेछ। तर सबैभन्दा बढी सकारात्मक अनुभव मीन राशिलाई मिल्नेछ। मेहनतको फलस्वरूप अध्ययन र कममा उचाइ हासिल हुनेछ। नोकरी र राजनीतिमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। नयाँ योजनाहरू कार्यान्वयन हुनेछन् र सम्पत्ति प्राप्तिको पनि मौका मिल्नेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुरुआती सम्बन्ध केही कठिन रहने छ तर बिस्तारै राम्रो बन्दै जानेछ। कामको दौडधुप बढ्नेछ र सानो प्रयासबाट ठूलो काम सम्भव हुनेछ। नोकरी र राजनीतिको क्षेत्रमा अवसर प्राप्त हुनेछ। व्यापार बढ्नाले आम्दानी बढ्नेछ तर खर्चमा सावधानी अपनाउनु पर्नेछ। सप्ताहको अन्त्यमा केही खर्च बढ्नेछ। मित्र र साथीहरूबाट समर्थन पाइनेछ। ८० प्रतिशत समय राम्रो हुनेछ। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुरुआतमा मित्र र आफन्तसँग भेटघाट हुनेछ र रमाइलो यात्रा गर्ने मौका पाइनेछ। मेहनत गर्दा चाहेको काम सम्पन्न हुनेछ। केही समय स्वास्थ्य सस्या देखा पर्न सक्छ र खानपानमा होसियार हुनु पर्नेछ। आर्थिक समस्या र योजनाहरू स्थगित हुने समस्या आउन सक्छ। बुधबारपछि स्थिति राम्रो रहनेछ र समस्या समाधान हुनेछन्। मित्र र साथीहरूको सहयोग पाइनेछ। ७५ प्रतिशत समय उपयुक्त रहनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुरुवातमा उत्साहजनक हुनेछ र सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धामा विजय हासिल गर्न सकिनेछ। नयाँ कामको मौका पाइनेछ र मित्रता कसिलो हुनेछ। दिगो काम सुरु हुनेछ र केही लाभ पाइनेछ। सप्ताहको अन्त्यमा विवाद र बाधा आउन सक्छ। साथीभाइहरूबाट सहयोग पाइनेछ। ७५ प्रतिशत समय राम्रो हुनेछ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धामा जित हासिल गर्न सकिनेछ। भौतिक साधन जुट्नेछ र दिगो कार्य सुरु हुनेछ। व्यापार बढ्नेछ र मित्रता र प्रेम कसिलो हुनेछ। यात्रा गर्ने मौका पाइनेछ तर शत्रुहरूबाट दुःख पाइनेछ। सप्ताहको अन्त्यमा आफ्नो क्षेत्राधिकार संकुचित हुन सक्छ। ८५ प्रतिशत समय राम्रो रहनेछ। यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुरुवातमा घरेलु समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ र बुद्धिले लक्ष्यमा पुर्याउनेछ। मेहनतले प्रतिष्पर्धामा उछिन्न सकिनेछ। दिगो काम प्रारम्भ हुनेछ र व्यवसायमा प्रगति हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनेछ। ७० प्रतिशत समय सकारात्मक रहनेछ। यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुरुमा अवसर प्राप्त भए पनि सफलता मिल्न समय लाग्न सक्छ। अध्ययनमा प्रगति हुनेछ तर परिवारमा उल्झन पर्न सक्छ। बुधबारपछि नयाँ कामको अवसर र व्यापार बढ्नेछ। सफलताको प्रतीक्षा गर्नु पर्नेछ तर नतिजा सकारात्मक आउनेछ। नयाँ जिम्मेवारी र यात्रा गर्ने मौका आउन सक्छ। साथीभाइ र परिवारको सहयोग पाइनेछ। ७० प्रतिशत समय राम्रो रहनेछ।यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रारम्भमा कामको अवरोध र चिन्ता बढ्न सक्छ। धैर्य गरेर क्रमशः काम बन्नेछ र प्रतिष्ठा प्राप्त हुनेछ। व्यवसायको लागि यात्रा गर्ने मौका पाइनेछ। व्यापार-उद्योगमा फाइदा हुनेछ। बुधबारपछि आफन्तले काममा अवरोध गर्न सक्छन्। विश्वासघातको पनि सम्भावना रहनेछ। ६५ प्रतिशत समय राम्रो रहनेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुरुमा आगन्तुकले काममा अवरोध गर्न सक्छन् तर भेटहुनेछ। बेसुरका कारण वादविवाद हुन सक्छ। बुधबारपछि स्थिति राम्रो हुनेछ र काम बन्नेछ। आम्दानी बढ्नेछ र आर्थिक अभाव सुल्झनेछ। साथीहरूबाट सहयोग पाइनेछ। सप्ताहको अन्त्यमा गोपनीयताको समस्या आउन सक्छ। ७० प्रतिशत समय उपयुक्त रहनेछ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुरुमा अनावश्यक खर्च हुनेछ तर व्यापार बढ्नेछ। मेहनतले ठूलो काम सम्पन्न गर्न सकिनेछ। बुधबारपछि काम दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। स्वास्थ्य सस्या हुन सक्छ तर काम गर्न सकिनेछ। साथीहरूबाट सहयोग पाइनेछ। ६५ प्रतिशत समय सकारात्मक रहनेछ। यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरि आरम्भ गर्दा लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानी बढ्नेछ र दिगो कार्य प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र लाभ हुनेछ। सोमबार र मंगलबार खर्च बढ्न सक्छ। आर्थिक अभाव आउन सक्छ तर टाढाका साथी नजिकिनेछन्। बुधबारपछि प्रतिष्ठित काम पाइनेछ र आफन्तको सहयोग पाइनेछ। सप्ताहान्तमा विवादमा पर्न सकिन्छ। ७५ प्रतिशत समय सकारात्मक रहनेछ। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुरुवातमा मौका पाइनेछ र काम गर्न सकिनेछ। साथीभाइहरूको सहयोग पाइनेछ र प्रतिष्ठित कामको अवसर पाइनेछ। आम्दानी बढ्नेछ र दिगो कार्य सुरु गर्न सकिनेछ। बुधबार र बिहिबार अनावश्यक खर्च बढ्न सक्छ। सप्ताहको अन्त्यमा स्थिति सुधार हुनेछ। आफन्तको सहयोग पाइनेछ र पेसागत फाइदा हुनेछ। ८० प्रतिशत समय राम्रो रहनेछ। यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनतले सफलता मिल्नेछ र विभिन्न मौका पाइनेछ। अध्ययनले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका र नयाँ काम सुरु हुनेछ। राम्रो काम गर्दा प्रशंसा, प्रतिष्ठा र सफलता मिल्नेछ। नोकरी र राजनीतिमा नयाँ मौका पाइनेछ। सम्पत्ति जोड्न प्रेरणा मिल्नेछ। ९० प्रतिशत समय शुभ रहनेछ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img