इन्फो नेपाल — सञ्चारको सञ्जाल

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुर्टो रिको बिच विवाह

काठमाडौं- पूर्व मिस अर्जन्टिना मरिएना मरेला र पूर्व मिस पुर्टो रिको फाबिओला भ्यालेन्टिनले आफूहरुले विवाह गरेको घोषणा गरेका छन्। इन्स्टाग्राममा तस्विर राख्दै उनीहरुले विवाहको खबर सार्वजनिक गरेका हुन्। मरेला र भ्यालेन्टिनको भेट सन् २०२० मा भएको थियो। थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरु पहिलोपटक भेटेका थिए। उनीहरु दुवैजना सो प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए। त्यसपछि उनीहरु राम्रो साथी बनेका थिए। सामाजिक संजालमा उनीहरुले एकअर्कासँगको तस्विर राख्दै आएका थिए। तर, उनीहरु सम्बन्धमा रहेको बारे सार्वजनिक रुपमा थाहा दिइएको थिएन। उनीहरुबिच अक्टोबर २८ मा पुर्टो रिकोको सान जुयानमा भएको थियो। सुरुमा आफ्नो सम्बन्धबारे सार्वजनिक गर्ने प्रतिबद्धता रहेको र अहिले सबैसँग साझा गर्ने निर्णयमा पुगेको उनीहरुले बताएका छन्।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता