इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ ।

शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो ।

योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ । प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।

सुचना बारे बिस्तृत जानकारी लिन र आवेदन दिने प्रक्रिया बारे बुझ्न यस लिंकमा हेर्न सकिन्छ ।

सम्बन्धित समाचार

२३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, सेवा प्रवाहमा बाधा

काठमाडौं। संघीय सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउन नसक्दा देशभरका २३० स्थानमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ, जसले गर्दा धेरै तहहरु निमित्त प्रमुख प्रशासकीय अधि…

इन्फो नेपाल संवाददाता

दक्षिण कोरिया नेपाली युवाको लोकप्रिय रोजगार गन्तव्य

काठमाडौं | पछिल्ला केही दशकदेखि दक्षिण कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगार गन्तव्यका रूपमा उदाउँदै आएको छ। यो तथ्य रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी हुने नेपाली…

इन्फो नेपाल संवाददाता

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूका लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ। केन्द्रीय बैंकले सहायक निर्देशक, प्रशासन सहायक र सूचना प्रविधि…

इन्फो नेपाल संवाददाता