काठमाडौं | जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। नयाँ प्रधानमन्त्रीलाई स्वागत कार्यक्रमका क्रममा मुख्य सचिव एकनारायण अर्यालले आइतबार यो तथ्यांक सार्वजनिक गरेका हुन्।
अर्यालका अनुसार मृत्यु हुनेमध्ये ५९ जना सर्वसाधारण, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन्। आन्दोलनमा घाइते हुनेहरूको संख्या पनि ठूलो छ। १ सय ३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मी गरी १ सय ९१ जना घाइते उपचाररत छन्।
सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
मुख्य सचिव अर्यालले विषम परिस्थितिमा राज्यले ठूला चुनौती सामना गर्नुपर्ने उल्लेख गर्दै युवा पुस्ताका माग सम्बोधन गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह गर्नु अहिलेको प्राथमिकता भएको बताए।



